NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

कोरोनाले प्रभावित पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सातै प्रदेशमा ट्राभल मार्ट

nepaltube

काठमाडौं । कोरोना भाइरसको महामारी नियन्त्रण तथा रोकथामका लागि भन्दै गरिएको लकडाउन र निषेधाज्ञाबाट सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्रको पुनउर्द्धारका लागि सात वटै प्रदेशमा ट्राभल मार्ट आयोजना गरिने भएको छ ।

नेपाल पर्यटन बोर्डले आफ्नो वाषिर्क नीति तथा कार्यक्रम र बजेटमा ट्राभल मार्टको योजना समेटेर हरेक प्रदेश भित्र रहेका पर्यटकीय सम्भावनाको उजागर गर्न र त्यसलाई पर्यटकीय उत्पादनका रुपमा बजारीकरण गर्न खोजेको हो । हरेक ट्राभल मार्टमा खर्च हुने गरी चालु आर्थिक वर्षका लागि बोर्डले २०२० लाख रुपैयाँ बजेट समेत बिनियोजन गरेको छ । मार्टको आयोजनाले आन्तरिक र बाहृय पर्यटक आकषिर्त गर्न सहयोग पुग्ने अपेक्षा राखिएको छ । प्रदेश सरकार र प्रदेश पर्यटन मन्त्रालयसँगको समन्वयमा हरेक प्रदेशका मार्टहरु आयोजना हुनेछन् ।

प्रदेशगत रुपमा आयोजना हुने मार्टहरु

प्रदेश नं १ : इस्ट ट्राभल मार्ट

प्रदेश नं २ : मिथिला ट्राभल मार्ट

बागमती : बागमती ट्राभल मार्ट

प्रदेश नं ५ : लुम्बिनी ट्राभल मार्ट

कर्णाली प्रदेश : कर्णाली ट्राभल मार्ट

सुदुरपश्चितम प्रदेश : वेस्ट ट्राभल मार्ट

केन्द्रमा आधा दर्जन मार्ट तथा समिट

केन्द्रीय स्तरमा समेत करीव आधा दर्जन मार्ट र समिट आयोजना गरिने भएको छ । कोरोनाबाट प्रभावित पर्यटन क्षेत्रलाई जिवित राख्न हिमालयन ट्राभल मार्ट, बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट, एभरेष्ट समिटर्स समिट, धार्मिक पर्यटन समिट, हेरिटेज, आर्ट तथा कल्चर टुरिज्म मार्ट आयोजना गर्ने गरि तयारी थालिएको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार