NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

नेपालका चर्चित पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण, नेतादेखी कलाकारसम्म कन्ट्याक्ट् ट्रेसीङमा

nepaltube

प्राइम टाईम्स टेलिभिजनका अध्यक्ष समेत रहनुभएका चर्चित पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण पुष्टि भएको छ । अन्तर्वार्ताका क्रममा कन्ट्याक्ट् ट्रेसिङमा परेर आज गरिएको परिक्षणबाट कोरोना रिपोर्ट पोजेटिभ आएको पत्रकार धमलाले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराउनुभएको हो ।

पछिल्लो केही दिनमा मात्रै धमलाले नेकपा अध्यक्ष पुष्पकमल दाहाल,बरिस्ठ नेता द्वय माधवकुमार नेपाल, झलनाथ खनाल, नेता दिनानाथ शर्मा, नेता लेखनाथ न्यौपाने, गायक प्रमोद खरेलसँग अन्तर्वार्ता लिनुभएको थियोे ।

नेकपाका नेताहरुसँगको भेटवार्ताका कारण प्रधानमन्त्री केपी शर्मा ओली समेत कन्ट्याक्ट् ट्रेसिङमा पर्नुभएको छ । पत्रकार धमला होम आईसोलेसनमा बस्नुभएको छ ।

यस्तो छ फेसबुक स्ट्याटस

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार