NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

नेपालकी १८ वर्षे चेली सपना रोका प्रभावशाली महिलाको सूचीमा

nepaltube

काठमाडौं । नेपालकी १८ वर्षीया सपना रोका मगर बिबिसीले तयार पारेको प्रभावशाली महिलाको सूचीमा परेकी छिन् । बिबिसीले तयार पारेको २०२० का प्रभावशाली महिलाको सूचीमा बेवारिसे सवको व्यवस्थापनमा सक्रिय म्याग्दीकी १८ वर्षीया सपना रोका मगर पर्न सफल भएकी हुन् ।

बिबिसीले मंगलबार सपनाको नाम सहितको सूची प्रकाशन गरेको छ । सपनासहित उक्त सूचीमा फिनल्याण्डकी प्रधानमन्त्री साना मरिन, मलेसियाकी चर्चित अभिनेत्री मिसेल योह तथा सारा गिल्बर्ट लगायत समावेश भएका छन् ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार