NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

नेपाल बार एशोसिएसनको नयाँ कार्यसमितिमा लोकतान्त्रिक समूहको बर्चश्व

nepaltube

काठमाडौं । नेपाल बार एशोसिएसनको नयाँ कार्यसमितिमा लोकतान्त्रिक समूहले बर्चश्व कायम गरेको छ । शनिबार भएको निर्वाचनमा लोकतान्त्रिक समुहका वरिष्ठ अधिवक्ता पुर्णमान शाक्यको समुहले १५ सदस्यीय कार्य समितिमध्ये सबै जसो महत्वपूर्ण पदहरुमा विजय प्राप्त गरेको हो ।

दुई तिहाइको बर्चश्व कायम गर्दै लोकतान्त्रिक समूहबाट अध्यक्ष शाक्य, सचिव ऋषिराम घिमिरे, कोषाध्यक्ष बिनोद कार्की विजयी बन्दा उपाध्यक्ष भने प्रगतिशील समूहका मुकुन्दप्रसाद पौडेल निर्वाचित भएका छन् । सर्वोच्च बारमा प्रजातान्त्रिक समूहबाट वरिष्ठ अधिवक्ता शाक्य र प्रगतिशीलबाट वरिष्ठ अधिवक्ता रबीनारायण खनाल अलग–अलग समुह बनाएर प्रतिस्पर्धामा उत्रिएका थिए । सर्वोच्च बारका कुल ६०५ मतदातामध्ये ५५५ मत खसेको थियो ।

यस्तो छ विजयीहरुको सूची

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार