NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

स्रोत नखुलेको साँढे २४ लाखसहित विमानस्थलबाट एक जना पक्राउ

nepaltube

काठमाडौं । स्रोत नखुलेको २४ लाख ५० हजार रुपैयाँसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार काठमाडौंबाट यति एयरको जहाज चढेर मोरङ जान लागेका मोरङ कानेपोखरी गाउँपालिका ७ घर भएका ३३ वर्षीय चुडामणी बस्नेत आइतबार साँझ पक्राउ परेका हुन् ।

विमानस्थलको आन्तरिक उडानतर्फको हेण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्नेक्रममा स्रोत नखुलेको नगद फेला परेसँगै उनी पक्राउ परेका थिए । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाइएको जानकारी दिएको छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार