NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

अमेरिकामा अन्धाधुन्द गोली हानाहानबाट एक नेपालीले ज्यान गुमाए

nepaltube

अमेरिका, काठमाडौं । अमेरिकाको मेरिल्यान्ड राज्यमा भएको अन्धाधुन्द गोली हानाहानको घटनामा परेरएक नेपालीले ज्यान गुमाएका छन् । ज्यान गुमाउने चारमध्ये एक जना नेपालको संखुवासभा घर भएका २४ वर्षका सागर घिमिरे रहेको स्थानीय अधिकारीहरुले जानकारी दिएका हुन् ।

गत अप्रिलमा साउथ क्यारोलिनाको अरेन्जवर्गमा रहेको क्लाफलिन युनिभर्सिटीबाट सागर ग्राजुएट भएका थिए । उनी झन्डै एकसाता अगाडिमात्र वुडल्यान कम्प्लेक्समा बसाई सरेको बताइएको छ । बाल्टिमोर काउन्टी पुलिस डिपार्टमेन्टले प्रेस वक्तब्य जारी गर्दै मृतकहरुको पहिचान सार्वजनिक गरेको थियो । उक्त घटनाबाट अर्का एक नेपालीको घर पूर्णरुपमा जलाइएको छ भने त्यहाँ कम्तीमा दुई घर पुरै र बाँकी दुई घर आंशिक रुपमा जलेको पाइएको छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार