एनआरएनए ह्यारी भण्डारीले गरेको अमेरिकाको विधायकी अनुभव
काठमाडौं । मेरिल्याण्ड जनरल एसेम्वलीको विधायकको रुपमा कार्यरत ह्यारी भण्डारीले आफ्नो कार्यकालको उपलब्धि सार्वजनिक गर्नुभएको छ । नेपाली भाषामा End of Session Newsletter प्रकाशित गर्दै भण्डारीले आफूले विधायकका रुपमा गरेका सकारात्मक काम बारे जानकारी गराउनुभएको हो ।
जनरल एसेम्वलीमा तीन सेसनमा सहभागी भएर काम गर्ने मौका पाएको जानकारीसहित भण्डारीले जनताको लागि शिक्षा,स्वास्थ्य,अर्थनीति,सामाजिक सुरक्षा लगायतका क्षेत्रमा कानून निर्माण गरेको बताउनुभएको छ । तीन वर्षको वीचमा आफ्नै १० वटा विलहरु पारित गराउन सफल भएको उहाँको दाबी छ । यो वर्षको सेसनमा मात्रै पाँच पारित गराउन सफल भएको भन्दै यसलाई एक ऐतिहासिक सफलता मान्नुभएको छ ।
मेरिल्याण्ड जनरल एसेम्वलीको विधायकको रुपमा अवसर दिने सबैप्रति उहाँले कृतज्ञता अर्पण गर्नुभएको छ ।
यस्तो छ भण्डारीको न्यूजलेटर :
श्रोतः भण्डारीको फेसबुक
तपाईको प्रतिक्रिया