NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

चौतर्फी बिरोधपछि भारतीय सेनाले सच्यायो महिला सैनिक भर्तिको सूचना

nepaltube

काठमाडौं । चौतर्फी विरोध भएपछि भारतीय सेनाले नेपाली महिलाका लागि भन्दै गरेको भर्ति आह्वानको सूचना सच्याएको  छ । गत मे २८ तारिखमा जारी गरिएको सूचनालाई लिएर नेपालमा र सामाजिक सञ्जालमा चौतर्फी बिरोध भएपछि भारतीय सेना सूचना सच्याउन बाध्य भएको हो ।

अहिले नेपाली महिलालाई लक्षित गरेर परामर्श बिनै सूचना निकालेको राजनीतिक र नेपालको सरकारी क्षेत्रबाट समेत आपत्ति प्रकट गरिएको थियो । भारतीय आर्मीले महिला मिलिटरी पुलिस पदका लागि पहिलोपल्ट नेपाली महिलाबाट पनि भर्ना लिने जानकारीसहित राखिएको सूचना सच्याउँदै जोइन इन्डियन आर्मी वेबसाइटमा जुन १५ तारिखमा राखिएको भूलसुधारको सूचनामा गोर्खा सम्बन्धी खण्डलाई संशोधन गरिएको छ । सो भूलसुधारमा ‘सबै गोर्खाहरु (नेपाली र भारतीय) को सट्टा भारतीय गोर्खाहरुले मात्र भर्ना हुन पाउने उल्लेख गरिएको छ ।भारतीय सेनाले सूचनालाई सच्याएपनि यसअघि जारी गरिएको सूचनालाई भने अझै हटाएको छैन ।

भूलसुधारपछि पनि वक्तव्य जारी गर्दै भारतीय सेनाका रिटायर्ड कर्णेल धनबहादुर थापा अध्यक्ष रहेको भूतपूर्व सैनिक एवं प्रहरी कल्याणकारी महासंघ नेपालले पनि सूचना गलत रहेको जानकारी गराएको छ । महासंघले नेपाल र भारतबीच आँच आउने अभिव्यक्ति नदिन पनि सबैलाई सचेत गराएको छ । यसअघि भूपू सैनिक नामक पेजले भारतले सूचना जारी गरेको भन्दै फेसबुकमा सूचना सेयर गरेको थियो तर, अहिले उक्त सूचना हटाइएको छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार