अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या ५५ हजार पुग्यो
![](https://www.nepaltube.com.au/wp-content/uploads/2021/07/passport-ame.jpg)
न्यूयोर्क । अमेरिकी नागरिकता प्राप्त गर्ने नेपालीहरुको संख्या ५५ हजार पुगेको छ । अमेरिकी स्टेट डिपार्टमेन्टका अनुसार सन् २०२० मा झन्डै ४८ सय ६ जना नेपाली नागरिकले अमेरिकी नागरिकता प्राप्त गरेका छन् ।
सन् २०२० को पहिलो तीन महिनामा मात्रै १६ सय ४४ जना , दोस्रो तीन महिनामा १३ सय ५४ जना, तेस्रो तीन महिनामा ६४६ जना र चौथो तीन महिनामा ११ सय ६२ जना नेपलीहरुले अमेरिकी नागरिकता लिएको पाइएको छ । यस्तै सन् २०१९ मा ७ हजार ४ सय ९ जनाले नागरिकता लिएका छन् । सन् २०१८ मा ५३ सय ५२ जना नेपालीले नागरिकता लिएकोमा २०१७ मा ४५ सय ९ जनाले लिएको स्टेट डिपार्टमेन्टको रेकर्डले देखाएको छ ।
तपाईको प्रतिक्रिया