३९ दूतावासका राजदूत र कर्मचारीले लिए कानुनविपरितको २० करोड उपचार खर्च
काठमाडौं । विदेशस्थित नेपाली कूटनीतिक मिसनका प्रमुख र कर्मचारीले उपचार खर्चबापत नेपाल सरकारबाट पछिल्लो एक वर्षमै २० करोड १६ लाख रुपैयाँ लिएको पाइएको छ ।
महालेखा परीक्षकले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको प्रतिवेदनमार्फत यो तथ्य बाहिरिएको हो । अघिल्लो वर्ष साउनदेखि असारसम्म ३९ कूटनीतिक मिसनका कर्मचारी र प्रमुखले २० करोड १६ लाख रुपैयाँ लिएको प्रतिवेदनमा उल्लेख छ । स्वास्थ्य बीमामार्फत आफैले तिर्नुपर्ने रकम राज्य कोषबाट लिइएको महालेखाको प्रतिवेदनमा औल्याइएको छ ।
तपाईको प्रतिक्रिया