NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

शरद् ऋतुमा नेपालका हिमाल आरोहणका लागि १ सय ६० ले लिए अनुमति

nepaltube

काठमाडौं । यस बर्षको शरद् ऋतुमा हिमाल आरोहणका लागि अनुमति लिनेको सङ्ख्या एक सय ६० पुगेको छ । सोमवारसम्म १६ समूहका एक सय ६० जनाले नेपालका हिमाल आरोहणका लागि अनुमति लिएका पर्यटन विभागले जानकारी दिएको हो ।

विभागकी निर्देशक मीरा आचार्यले अनुमति लिनेमध्ये एक सय ५७ जनाले मनास्लु तथा बाँकी तीन जनाले कञ्चनजङ्गा हिमाल आरोहणको स्वीकृति पाएको जानकारी दिनुभयो । कोरोना भाइरसको जोखिमकैबीच पनि गएको वसन्त ऋतुमा हिमाल आरोहण गर्नेको सङ्ख्या बढेको थियो भने अहिले शरद् ऋतुमा पनि आरोहण गर्न अनुमति लिनेको सङ्ख्या बढ्दो क्रममा रहेको छ ।

 

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार