NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

साफ च्याम्पियनसिप फुटबल भारतसँग नेपाल १–० गोल अन्तरले पराजित

nepaltube

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा अन्तर्गतको आइतबार रातीको खेलमा नेपाल भारतसँग पराजित भएको छ । मालेस्थित राष्ट्रिय रंगशालामा आइतबार राति भएको खेलमा नेपाल भारतसँग १–० गोल अन्तरले पराजित भएको हो ।

भारतलाई जित दिलाउन कप्तान सुनिल क्षेत्रीले निर्णायक गोल गरे । कप्तान सुनिलले खेलको ८२ औं मिनेटमा गोल गरे । उनले फारुख चौधरीको हेडर पासमा गोल गरेका थिए । भारतका लागि सुनिलको यो ७७ औं गोल हो । नेपालविरुद्ध एकतर्फी खेल पस्किएको भारतले अन्य थुप्रै गोलको अवसर खेर फाल्यो । पहिली हाफको ३३ औं मिनेटमा सुनिलले खाली पोस्टमा समेत गोल गर्न सकेनन् । नेपालका कप्तान तथा गोलकिपर किरण चेम्जोङ बिट भईसकेको अवस्थामा उनको वान टच प्रहारले पोस्टको दिशा लिन सकेको थिएन् । खेलको ५७ औं मिनेटमा भारतका मनबिर सिंहले फ्रि हेडरमार्फत गोल गर्न खोज्दा नेपालका कप्तान तथा गोलकिपर किरणले उत्कृष्ट बचाउ गरे । नेपालले दुबै हाफमा भारतविरुद्ध कुनैपनि डरलाग्दो पोस्ट आक्रमण गर्न सकेन । भारतले प्रतियोगितामा निकालेको यो नै पहिलो जित हो ।

भारत ३ खेलबाट ५ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ । नेपालको यो पहिलो हार हो । नेपालले ३ खेलमा ६ अंक जोडेको छ । अब नेपालले अन्तिम खेलमा बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्ने छ । दुई खेलमा बराबरी खेलेको भारतले नेपालविरुद्धको खेलसँगै साफमा उत्कृष्ठ पुनरागमन गरेको छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार