Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaमलेसियामा अलपत्र नेपाली विद्यार्थी बारे हिमालय एयर भन्छ- मानविय हिसाबमा सहयोग गर्छौ

मलेसियामा अलपत्र नेपाली विद्यार्थी बारे हिमालय एयर भन्छ- मानविय हिसाबमा सहयोग गर्छौ


ब्रिजवेन/ नेपालबाट अष्ट्रेलिया आउदै गरेका १ सय ६० नेपाली विद्यार्थी मलेसियाको विमानस्थलमा अलपत्र परेको खबर नेपालट्युबमा सार्वजनिक भएपछि हिमालय एयरले जवाफ दिएको छ । डिसेम्बर १७ मा काठमाडौ हिमालय एयरबाट उनीहरु मलेसियाको क्वालालम्पुर आर्लिएर सिंगापुर एयरबाट अष्ट्रेलिया आउदै थिए । तर, काठमाडौबाट मलेसियासम्म ल्याउने विमान तोकिएको समयभन्दा झण्डै २ घण्टा ढिला उठ्दा अन्य मलेसियाको कनेक्टिङ फ्लाइट छुटेपछि विद्यार्थीहरु अलपत्रमा परेका हुन् । विमानको पछाडीको चक्का फेर्नु परेका कारण बिहान सवा १० बजे काठमाडौबाट उड्नु पर्ने विमान साढे १२ बजे मात्रै उडेको हिमालय एयरका कर्मसियल विभागका उपप्रमुख अनिष जोशीले नेपालट्युबलाई जानकारी दिनुभयो । त्यस्तै मौसम खराबी कारण क्वालम्पुरमा अवतरण गर्न नसकि विमान पेनाङ जादा थप ढिलाई भएको समेत जोशीले बताउनुभयो ।

डिसेम्बर १७ को उडान पोइन्ट टु पोइन्ट भएकाले मलेसियासम्म पुर्याउने मात्रै आफ्नो जिम्मेवारी भएको जोशीले बताउनुभयो । यात्रुले आफ्नो विमानमा मलेसियासम्म जाने मात्रै टिकट काटेकाले त्यसपछि कता कसरी जाने भन्ने चाहि यात्रु स्वयमको जिम्मेवारी भएको जोशीको दाबी छ । तपाईहरुको कारणले ढिला हुदा यात्रुको अर्को कनेक्टिङ फ्लाइट छुट्दा चाहि तपाईहरु जिम्मेवार हुनुपर्दैन ? भन्ने प्रश्नमा जोशी भन्नहुन्छ मौसम र प्राविधिक कारणले उडानमा ढिलाई हुनु सामान्य भएकाले यसमा विमान कम्पनीको जिम्मेवारी हुदैन । मलेसियासम्म हिमालयनमा र त्यसपछि यात्रुहरुले अर्कै एयरलाइन्समा अष्ट्रेलिया जाने छुट्टै टिकट काटेकाले आफ्नो कम्पनीले केही गर्न नसक्ने जोशीको भनाई छ । तर, मानवियताका हिसाबमा अलपत्र परेका विद्यार्थीलाई निशुल्क काठमाडौ फर्काउने, विमानस्थलमा पिसिआर टेष्ट गर्ने तथा ट्राभल एजेन्सीसंग सम्पर्क गरेर टिकट काट्न सघाइरहेको जोशीको भनाई छ ।

जोशीका अनुसार १७० जना यात्रुमध्ये १४२ जनाले कनेक्टिङ फ्लाइटको टिकट काटेका थिए । १४२ मध्ये १५ जना नेपाल नै फर्किन लागेको तथा ४० जना अझै पनि विमानस्थलमा रहेको जानकारी पाएको समेत जोशीले बताउनुभयो । मलेसिया विमानस्थलमा रहेका विद्यँर्थीलाई एयरपोर्टमै निशुल्क पिसिआर टेष्ट गर्न तथा अर्को विमानमा अष्ट्रेलिया पढाउन सहयोग गरिरहेको समेत जोशीको दाबी छ ।

यो पनि पढ्नुस

अष्ट्रेलिया हिडेका नेपाली विद्यार्थीहरु मलेसियामा अलपत्र, लाखौ खर्चेर अर्को टिकट काट्न बाध्य « Nepal Tube Australia



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ