Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsहवाईमार्ग हुँदै नेपाल आउँदा सीसीएमसीसी फारम भर्नु पर्ने नियम छिट्टै हट्दै !

हवाईमार्ग हुँदै नेपाल आउँदा सीसीएमसीसी फारम भर्नु पर्ने नियम छिट्टै हट्दै !


काठमाडौं । हवाईमार्ग हुँदै नेपाल आउनेहरुले अब निर्वाध रुपमा आउन पाउने भएका छन् । कोरोनाविरुद्धको खोपको पूर्णमात्रा लगाएका नेपाली र विदेशी सबैले पीसीआर परिक्षणको रिपोर्ट देखाउन नपर्ने निर्णय गरेको सरकार बाँकी नियमहरुलाई समेत खुकुलो पार्ने तयारीमा जुटेको हो ।

केही समयअघि मात्रै पूर्ण मात्रा खोप लगाएका यात्रुलाई कोरोना परिक्षणको रिपोर्ट हटाएको सरकारले विदेशबाट हवाईमार्ग हुँदै आउने यात्रुले अब सीसीएमसीसी अनलाइन फारम भर्नु नपर्ने नियम लागू गर्ने तयारी गरिरहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले मन्त्रालयको पर्यटन शाखाबाट सीसीएमसी अनलाइन फारम भर्नुपर्ने नियम हटाउने सुझाब सहितको प्रस्ताव अघि बढाइएको जानकारि दिनुभयो । पर्यटन व्यवसायीहरुले नेपाल आउने पर्यटकहरुले निकै धेरै झन्झट बेहोर्नुपरेको भन्दै गर्दैआएको गुनासो सरकारले सम्बोधन गरेको सचिव न्यौपानेले दाबी गर्नुभएको छ । सचिव न्यौपानेले विदेशी मुद्रा आर्जन गर्न पर्यटनको ठूलो महत्व हुने भन्दै सरकारले पनि विशेष महत्व दिदैआएको बताउनुभएको छ ।

कोरोना भाइरसको महामारीसँगै सरकारले नेपाल आउने सबै यात्रुले अनलाइन फारम भर्नुपर्ने नियम लागु गरेको थियो । यसले यात्रुको ट्रयाकिङ गर्न सघाउ पुग्ने अपेक्षा गरिएपनि कोरोना महामारी फैलिनेक्रममा ट्रयाकिङ गर्ने काम समेत सफल हुन सकेको थिएन । झन्झट मात्रै बढाएको भन्दै पर्यटन व्यवसायीले भने पहिलेदेखी नै हटाउन माग गर्दै आएका थिए ।

पीसीआर परिक्षण रिपोर्ट देखाउनुपर्ने बाध्यता यसअघि नै हटाइएपनि सीसीएमसीसी अनलाइन फारम भर्नुपर्ने बाध्यता कहिलेबाट हट्छ अहिले नै एकिन भैसकेको भने छैन । सीसीएमसीमा पुगेको मन्त्रालयको प्रस्तावले छिट्टै निर्णयमा पुर्याइने बताइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ