Wednesday, 19 June 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalमुस्लिम धर्मावलम्बीको पर्व बकर इद, नेपालसहित विश्वभर मनाइयो

मुस्लिम धर्मावलम्बीको पर्व बकर इद, नेपालसहित विश्वभर मनाइयो


काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) जुन १७ तारेखका दिन नेपालसहित विश्वभरका मस्जिदमा मनाइँएको छ । इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहेको छ ।

मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढेका छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्नेगरिन्छ । नेपालस्थित दरबारमार्ग क्षेत्रको नेपाली जामे मस्जिद,काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा इद मनाउन मुस्लिम धर्मावलम्बीको भीड लाग्यो । हिजरी संवत् अनुसार १४ सय ३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो । मुस्लिम धर्म गुरु (मौलाना) रहमत अली ऐतिहासिक बकर इद पर्वको आधार बनेका इब्राहिमको वंशमा सन् ५ सय ७१ मा मक्कामा मोहम्मद सलल्ला जन्मिई निरन्तरता दिएको बताइन्छ । जसले यो पर्व एवं धर्मलाई पुस्तान्तर गर्न महत्वपूर्ण योगदान गर्दै हदिस नामक धर्मग्रन्थको रचना गरेका थिए ।

बकर इदको अवसरमा राष्ट्रपति,उपराष्ट्रपति,प्रधानमन्त्री लगायत राजनीतिक नेतृत्वले शुभकामना व्यक्त गरेका छन् । आत्मियता, आपसी सद्भाव र सहकार्यको संस्कृतिलाई सबल बनाउन बकर इदको महत्वपूर्ण भूमिका हुने विश्वास गरिएको छ । बकर इदको अवसरमा नेपाल सरकारले आज सार्वजनिक बिदा नै दिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ