Thursday, 27 June 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसंसदीय समितिले मगायो सहकारीबाट गोर्खा मिडियामा प्रवाह भएको रकमको विवरण !

संसदीय समितिले मगायो सहकारीबाट गोर्खा मिडियामा प्रवाह भएको रकमको विवरण !


काठमाडौं । सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले विभिन्न सहकारीमार्फत गोर्खा मिडियामा प्रवाह भएको रकमको विवरण मागेको छ । सिंहदरबारमा बुधबार बसेको समिति बैठकले विभिन्न सहकारीमार्फत गोरखा मिडिया नेटवर्कमा प्रवाह भएको रकमको कागजात मगाउने निर्णय गरेको हो । समिति सभापति सूर्य थापाले कार्यादेशको अनुसूची २ मा रहेका ९ वटा सहकारीका सम्दर्भमा सम्बन्धीत निकायबाट कागजात मगाउने निर्णय गरिएको जानकारि दिनुभयो ।

बुधबार नै समस्याग्रस्त सहकारीको छानबिनका लागि सहकारीबिज्ञ दीपक प्रकाश बास्कोटा र केशव बडालसँग पनि संसदीय समितिले परामर्श गरेको थियो । गत जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको थियो । अदालतमा बिचाराधिन मुद्धामा संसदीय समितिले कस्तो अनुसन्धान गर्छ र सुझाब पेश गर्छ, कानुन सम्बद्ध भएन भन्दै रास्वपाले असहमति जनाउदैगर्दा समितिले भने सक्रियता बढाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ