Thursday, 4 July 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsरास्वपामा हलचल : महामन्त्री डा.ढकाल निलम्बित, सभापति रविमाथी गम्भीर आरोप !

रास्वपामा हलचल : महामन्त्री डा.ढकाल निलम्बित, सभापति रविमाथी गम्भीर आरोप !


काठमाडौं । बुधबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकले महामन्त्री डा. मुकुल ढकाललाई ७ दिनको लागि निलम्बन गरेकाे छ । महामन्त्रीका अनुशासनहिन क्रियाकलापका सम्बन्धमा प्रतिवेदनसहित थप कारवाहीका लागि केन्द्रीय समितिमा सिफारिस गर्न पार्टीकाे अनुशासन समितिलाई निर्देशन दिने निर्णय गर्दै ७ दिने निलम्बनको कारबाही गरिएको कार्यबाहक प्रवक्ता मनिस झाले जानकारि दिनुभएको हो ।

महामन्त्री ढकाल निलम्बनमा परेसँगै कार्यवाहक महामन्त्रीको जिम्मेवारी सहमहामन्त्री कबिन्द्र बुर्लाकोटीलाई र कार्यवाहक प्रवक्ताको जिम्मेवारी सहप्रवक्ता मनिष झालाई दिईएको छ । ७ दिन छानबिन गरिने निलम्बित गरिएका महामन्त्री डा. ढकाल दाेषी देखिएमा थप कारबाहीमा पर्ने अन्यथा महामन्त्रीमा फर्किनुहुनेछ । पार्टी बैठकमा डा. ढकालको कार्यशैलीलाई लिएर चर्को आलोचना भएको थियो सभापत रवि लामिछाने केही नरम देखिनुभएपनि उपाध्यक्ष द्वयसहितका बहुमत पदाधिकारी,केन्द्रीय सदस्य कारबाहीको पक्षमा उभिएका थिए ।

निलम्बित महामन्त्री डा. ढकाल के भन्छन?
एउटा व्यक्ति जसले गलत कुराको विरोध गर्यो, त्यसलाई कारवाहीको प्रक्रिया अगाडि बढाइन्छ भने अब पार्टी प्रतिपक्ष बन्दैछ, कुन नैतिकताका आधारमा सरकारको विरोध गर्छ ? कुन नैतिकताको आधारमा प्रतिपक्षमा बस्छ ?आफुलाई व्यक्ति भन्दा पनि पार्टीको चिन्ता लागेको निलम्बित महामन्त्री डा. ढकालले बताउनुभयो । महामन्त्रीलाई अर्थात आफूमाथि रास्वपाका सबै कमिकमजोरिको दोष थोपर्न खोजिएको आरोप लगाउँदै डा. ढकालले भन्नुभयो – “उहाँ गोर्खा मिडिया नेटवर्कमा महामन्त्री जस्तै पोजिसनमा हुनुहुन्थ्यो । त्यहाँ चाहिँ अध्यक्ष जिवी राईको सबै गल्ति भन्नुहुन्छ । पत्रकार हुँदा नेतामा दोष देखाउनुभयो, नेता हुँदा पत्रकारमा दोष देख्दैहुनुहुन्छ पार्टीमा चाँहि महामन्त्रीको सबै गल्ति देखाउनुहुन्छ । उहाँ जुन पदमा हुनुहुन्छ, त्यो पदले कहिले पनि गल्ति गर्दैन भनेजस्तो भयो ।”

डा. ढकालले समीक्षा प्रतिवेदनमा र प्रष्टिकरणका क्रममा रविको नभई राष्ट्रिय स्वतन्त्र पार्टी बनाउनुपर्ने, आफ्नो पद गएपनि रास्वपा सबल होस भन्ने चिन्ता रहेको उल्लेख गर्नुभएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ