Thursday, 17 October 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaकाठमाडौं प्रोपर्टी ब्रिजवेनमा, ग्राहकले पाउनेछन् १० हजार डलरको सुविधा

काठमाडौं प्रोपर्टी ब्रिजवेनमा, ग्राहकले पाउनेछन् १० हजार डलरको सुविधा


ब्रिजवेन/ अष्ट्रेलियाको ब्रिजवेन शहरमा नेपाली लगानीको रियल स्टेट कम्पनी काठमाडौ प्रोपर्टीको शाखा खुलेको छ । प्रोपर्टीको मुख्य कार्यलय मेलवर्नमा छ । यसै हप्ता एक कार्यक्रमका बिच ब्रिजवेनको लटविचमा काठमाडौं प्रोपर्टीको कार्यलय उद्घाटन गरिएको हो ।

ब्रिजवेनको यो प्रोपर्टीमा एनआरएनए अष्ट्रेलियाका महासचिव समेत रहेका सन्तोष कुँवर, पुर्व उपाध्यक्ष उमेश खड्का र पुर्व संचारकर्मी रेशमराज सिग्देलको सामुहिक लगानी छ । प्रोपर्टीमा एक प्रिन्सिपल एजेण्ट, १ रेन्टल म्यानजर र ५ जना रियल स्टेट एजेन्ट रहेको निर्देशक मध्येका एक कुँवरले जानकारि दिनुभयो ।

ब्रिजवेनमा उकासिदै गरेको घरजग्गाको क्षेत्रमा नेपाली ग्राहकलाई सहयोग पुग्ने गरि प्रोपर्टीले काम गर्ने कुँवरले बताउनु भयो । कुँवरका अनुसार प्रोपर्टीले घर किन्ने आफ्ना ग्राहकलाई १० हजार डलरसम्मको सुविधा दिने छ । घर र युनिटको भाडा समेत व्यवस्थापन गर्ने भएकाले भर्खरै अष्ट्रेलिया आएका विद्यार्थी र मानिसलाई प्रोपर्टीले सहज गरेर साथ दिने कुँवरले बताउनुभयो ।


ट्याग : #kathmandu property
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ