Saturday, 20 July 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsप्रधानमन्त्री ओलीले साउन ६ गते विश्वासको मत लिदै, हटाउलान जनताको निरास ?

प्रधानमन्त्री ओलीले साउन ६ गते विश्वासको मत लिदै, हटाउलान जनताको निरास ?


काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन ६ गते आइतबार प्रतिनिधि सभाबाट विश्वासको मत लिनुहुने भएको छ । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले प्रधानमन्त्री ओलीले साउन ६ गते विश्वासको मत लिनका लागि पत्र पठाएको जानकारि नेपालट्युबलाई दिनुभएको हो ।

प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिनेबारे सभामुख देवराज घिमिरेसँग मौखिक जानकारी गराएर पत्र पठाएको बताइएको छ । गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका ओलीले असार ३१ गते राष्ट्रपति रामचन्द्र पौडेलसँग शपथ ग्रहण लिई पद सम्हाल्नुभएको थियो । चौथो कार्यकालका रुपमा प्रधानमन्त्री बन्नुभएका ओलीले यो पटक देश र जनताको पक्षमा विशेष भुमिका खेल्ने विश्वास बाढ्दै आउनुभएको छ । ओली सरकारले ३ सय दिनभित्र किर्तिपुरस्थित क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रि स्तरको बनाउने, बाढी, पहिरो लगायतका बिपद्धमा परेका नागरिकको पक्षमा साथ सहयोगको हात अघि बढाएर आशा अनि भरोसा जगाउन खोजिरहेको छ ।

बिपक्षी दलहरु र कतिपय बिश्लेषकले ओली नेतृत्वको सरकारको आयु धेरै लामो नभएको टिप्पणी गर्न थालेका छन् । विश्लेषक डम्बर खतिवडाले राजनीतिक स्वार्थ पुर्तिका लागी कांग्रेस र एमाले मिलेको र ओली सरकारले जनताको हितमा केहि काम गर्न नसक्ने ठोकुवा गर्नुभएको छ । ओली सरकारको आयु कति लामो समयसम्म रहला भन्ने बिषयमा अहिले नै केहि भन्न नसकिने भएपनि दिगो भने नहुने उहाँको विश्लेषण छ । यता, कांग्रेस नेता डा.मिलेन्द्र रिजाल कांग्रेस र एमाले दुई ठुला राजनीतिक दलका लामो समयसम्म चलेको छलफलपछि तयार भएको गठबन्धन र संविधान संशोधन गर्ने एजेण्डाका कारण यो सरकार लामै समय चल्ने दाबी गरिरहनुभएको छ । जनतामा बढेको निरासा चिर्दै आशा भर्नसक्नुपर्ने सुझाब रिजालको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ