Monday, 29 July 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअमेरिकाको टेक्ससमा गोली प्रहार, एक नेपाली युवाको निधन !

अमेरिकाको टेक्ससमा गोली प्रहार, एक नेपाली युवाको निधन !


काठमाडौं । अमेरिकाको टेक्सस राज्यमा गोली प्रहारबाट एक जना नेपाली युवाको निधन भएको छ । ग्यास स्टेसनमा काम गरिरहेको अवस्थामा बन्दुकधारीको समूहबाट रुकुम बाफीकोटका ३० वर्षका दीपक ओलीको हत्या भएको स्थानीय सुरक्षा अधिकारिले जानकारि दिएका हुन ।

टेक्ससको वाको सहर नजिकै हाइवे ३५ मा रहेको एक ग्यास स्टेसनमा काम गर्ने वलीको हत्या घटनाबारे छानबिन गरिरहेको प्रहरीले जानकारि दिएको छ । यो घटना सोमबार बिहान ५ः२० बजे भएको, घटनाको समयमा बन्दुक बोकेर दुई पुरुष ग्यास स्टेसनमा आएको सीसीटीभी फुटेज पहिचान भएको प्रहरी श्रोतले जनाएको छ ।

काउन्टरमा उभिरहेका वली भाग्न खोजेपनि गोलीबाट बच्न नसकेको प्रहरीले जानकारि गराएको छ । श्रीमती र ५ वर्षकी छोरी रहेका वलीको हत्या घटना बारे परिवारलाई जानकारी गराइएको पनि प्रहरीले बताएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ