Friday, 2 August 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalअब टुंगोमा पुग्नेभयो संक्रमणकालिन न्याय, यसरी जुट्यो प्रमुख दलबीच सहमति !

अब टुंगोमा पुग्नेभयो संक्रमणकालिन न्याय, यसरी जुट्यो प्रमुख दलबीच सहमति !


काठमाडौं । प्रमुख राजनीतिक दलहरुबीच संक्रमणकालिन न्याय सम्बन्धि विधेयक (टीआरसी) टुंगोमा पुर्याउने सहमति जुटेको छ । बिहीवार सिंहदरबारमा बसेको संक्रमणकालीन न्याय सम्बन्धी विधेयक टुंगो लगाउन गठित कार्यदलको बैठकबाट सहमति जुटेको हो ।

यद्यपि प्रतिवेदन तयार पारी शिर्ष नेताहरुलाई बुझाउने काम बाँकी रहेको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभएको छ । टिआरसीसँग सम्बन्धित विधेयकका बारेमा अहसमतिका विषयहरुलाई कार्यदलको बैठकले सहमति जुटाएको र शनिवारसम्म प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाउने उहाँले जानकारि दिनुभयो । पीडितलाई केन्द्र राख्दै सर्वोच्चका नजिरलाई ख्याल गरेर अन्तर्राष्ट्रिय कानूनसँग नबाझिने गरी सहमति गरिएको बर्तौलाले जानकारि दिनुभयो । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सुरक्षाकर्मीका लागि आवश्यक राहत परिपूरण, बहिर्गमित योद्धाहरुका बारेमा पनि स्पष्ट छलफल भएर सहमति जुटेको बताउनुभयो ।

गम्भीर मानव उल्लंघनका सन्दर्भमा नियतवश वा स्वेच्छाचारी ढंगले भन्नेकुरा उल्लेख गरिएको, पीडितहरुको मागअनुसार नै टुंग्याएको विधेयकले अन्तर्राष्ट्रिय जगतमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ । नेपालको शान्ति प्रक्रियाको मौलिकता र विशेषताका आधारमा नै दलहरुले छलफल गरी सहमति गरेको दाबी गरेका छन् । संसदको चालु अधिवेशनबाटै विधेयक पारित हुने गरि तयारीमा सरकार जुटेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ