Sunday, 18 August 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaराप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन अष्ट्रेलियामा, १० दिनपछि स्वदेश फर्किने !

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन अष्ट्रेलियामा, १० दिनपछि स्वदेश फर्किने !


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन १० दिने भ्रमणका क्रममा अष्ट्रेलिया पुग्नुभएको छ । अष्ट्रेलियाका विभिन्न सहरहरूमा हुने कार्यक्रमहरूमा सहभागी हुन राप्रपा अध्यक्ष लिङ्देन अष्ट्रेलियाको मेलवर्न पुग्नुभएको हो ।

प्रवक्ता मोहनकुमार श्रेष्ठले अध्यक्ष लिङ्देनले अष्ट्रेलियाको मेलवर्नमा पार्टी सम्बद्ध प्रवासी नेपाली संगठन पानस अष्ट्रेलियाको भेलालाई सम्बोधन र नेपाली समुदायसँग भेटघाट एवं अन्तरक्रिया गर्ने कार्यक्रम रहेको जानकारि दिनुभयो । भ्रमणका क्रममा एडिलेडमा नेपाली समुदायसँग भेटघाट एवं अन्तरक्रिया, सिड्नीमा एनआरएनए, झापाली समाज अष्ट्रेलिया लगायत विभिन्न संघसंस्था र नेपाली समुदायसँग भेटघाट एवं अन्तरक्रिया हुने बताइएको छ । अध्यक्ष लिङ्देनसँगै भ्रमण टोलीमा पार्टीको प्रवास विभाग प्रमुख आनन्द अधिकारी र केन्द्रीय सदस्य हिक्मत जङ्ग कार्की समेत सहभागी हुनुभएको छ ।

अध्यक्ष लिङ्देन भदौ १० गते स्वदेश फर्किनेछन् । अष्ट्रेलिया प्रस्थान गर्नुअघि अध्यक्ष लिङ्देनले वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएकाले भदौँ १० सम्म पार्टी गतिबिधि तामाङको नेतृत्वमा सञ्चालन हुनेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ