Friday, 6 September 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनेपालट्युबको क्रिकेट छात्रवृत्ति: पहिलो चरणमा पाउने यी हुन ५ युवा !

नेपालट्युबको क्रिकेट छात्रवृत्ति: पहिलो चरणमा पाउने यी हुन ५ युवा !


काठमाडौं । नेपालट्युबले क्रिकेट सिक्दै र खेल्दै गरेका ५ जना युवा क्रिकेटरलाई डायसपोरा छात्रवृत्ति उपलब्ध गराएको छ । २२ वटा क्रिकेट छात्रबृद्धि दिने योजनासहित काठमाडौंको बालुवाटारस्थित क्रिकेटर एक्सिलेन्ट सेन्टर एकेडेमीमा क्रिकेट सिकिरहेका ५ जनालाई पहिलो चरणमा छात्रबृद्धि उपलब्ध गराइएको हो ।

डायसपोरा क्रिकेट छात्रवृत्ति मार्फत  वर्षभरिको ट्युसन फि नेपालट्युबले तिरिदिने भएको छ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान समेत रहेका क्यान सचिव पारस खण्ड्का र ज्ञानेन्द्र मल्लबाट नेपालट्युब क्रिकेट छात्रवृत्ति पाउनेमा धनगढीका यसोदा बिष्ट, विरगञ्जका यलि यादव, काठमाडौं सचिन लेखक, अछामका सिद्धार्थ साउद, कलैयाका धिरज देउवा रहेका छन् । छनौँट निष्पक्ष रुपमा गर्न नेपालट्यबको एउटा टिम नै काठमाडौं आएको थियो । छात्रवृत्ति पाउने युवा विद्यार्थी समेत रहेका क्रिकेटरहरुले देशको लागि योगदान दिनेगरि खेल्ने भन्दै साथ सहयोगले हौसाएको बताउनुभएको छ ।

डायसपोरा छात्रवृत्ति वितरण गर्दै नेपाल क्रिकेट एशोसिएशन क्यानका सचिव खड्काले एउटा सकारात्मक अभियान थालेकोमा नेपालट्युबलाई धन्यवाद दिनुभएको छ । क्रिकेट खेलाडीसँग आशा भरोसा गर्नेहरुबाट सहयोग गर्ने अभियानका रुपमा सबैलाई यो कदममा साथ सहयोग गरेर जोडिन नेपालट्युबका सम्पादक सरल गुरुङले आह्वान गर्नुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ