Monday, 21 October 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsरवि पक्राउले देशभर तरंग,कानुन कार्यान्वयन कि राजनीतिक प्रतिशोध ?

रवि पक्राउले देशभर तरंग,कानुन कार्यान्वयन कि राजनीतिक प्रतिशोध ?


काठमाडौं । रास्वपा सभापति रवि लामिछाने पक्राउलाई यतिबेला राजनीतिक प्रतिशोध कि कानुन कार्यान्वयन भन्ने दुई धारबाट विभिन्न विश्लेषण भैरहेका छन् । सरकारले सहकारी सम्वन्धि गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनको चरण भनिरहदा सिंगो रास्वपा पंक्ति राजनीतिक प्रतिशोध भनिरहेको छ ।

यता, सरकारका प्रवक्ता समेत रहनुभएका सुचना प्रविधि तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले रास्वपाको विरोध प्रदर्शनको कुनै अर्थ नहुने बताउनुभएको छ । उहाँले संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयनमा सरकार अघि बढेको, यो टेलर मात्रै भएको बताउनुभएको छ ।  सरकारको तर्फबाट संसदीय समितिले दिएको प्रतिवेदन कार्यान्वयनका क्रममा रास्वपा सभापति रवि पक्राउ परेको दाबी गर्दैगर्दा प्रहरी हिरासतमा रहेका रविसहित रास्वपा नेताहरु राजनीतिक प्रतिशोध भनिरहेका छन् ।  देशभर सरकारविरुद्ध आन्दोलन गर्ने उद्घोष रास्वपा नेताहरुको छ ।

नागरिकस्तरमा समेत सहकारी ठगीको आरोपमा अनुसन्धान हुनुपर्छ भन्ने पक्षमा र राजनीतिक वेइमानी भएको, प्रतिशोध राखिएको भन्दै सरकारको विपक्षमा टिकाटिप्पणी भैरहेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ