Thursday, 31 October 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसाफ वुमन्स च्याम्पियनसिप : सेमिफाइनलमा नेपाल भारतसँग भिड्दै, कस्ले जित्ला उपाधी ?

साफ वुमन्स च्याम्पियनसिप : सेमिफाइनलमा नेपाल भारतसँग भिड्दै, कस्ले जित्ला उपाधी ?


काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप २०२४ को सेमिफाइनलमा नेपाल र भारत भिड्ने भएका छन् । नेपाल समूह विजेता बनेर सेमिफाइनमा पुगेसँगै अर्को समूहको उपविजेता बनेको भारतसँगको सेमिफाइनल भिडन्त निश्चित भएको हो ।

आइतबार साँझ ६३० बजे दशरथ रङ्गशालामा नेपाली राष्ट्रिय महिला टोलीले भारत विरुद्ध भिड्नेछन । अर्को सेमिफाइनलमा सोहि दिन दिउँसो साँढे १ बजे बंगालदेश र भुटानबीच खेल हुनेछ । दक्षिण एसियामा नेपालका लागि भारत नौलो प्रतिद्वन्दी होइन । अहिलेमसम्म साफ वुमन्स च्यम्पियनसिपको ६ संस्करण हुँदा नेपाल र भारत चार पटक फाइनल तथा दुई पटक सेमिफाइनलमा प्रतिस्पर्धा गरेका छन् । पछिल्लो पटक सन् २०२२ मा नेपालमै भएको छैटौं संस्करणमा नेपाल र भारत बीच सेमिफाइनलमा भेट भएको थियो जुन खेल नेपालले जित्यो । यो नै नेपालले भारतलाई साफमा हराएको पहिलो रेकर्ड हो । सातौं संस्करणको साफ चलिरहँदा नेपाल र भारत सातौं पटक नै भेट हुन लागेका छन् । सन् २०१९ को फाइनलमा भारत विजयी हुँदा २०२२ को सेमिफाइनलमा भारतलाई हराएर नेपालले बदला लिएको थियो ।

यो पटक साफका खेलहरु विगतका भन्दा रोचक देखिएका छन् । समूह विजेता र उपविजेता बन्ने होड अन्तिम सम्मै रह्यो र उपाधि दाबेदारहरु भारत नेपाल र बंगलादेश सेमिफाइनल पुगेका छन् । भुटानले पछिल्लो समय राम्रो प्रदर्शन गर्दै सेमिफाइनल पुगेको छ । सातौं साफमा लयमा रहेको नेपाललाई पहिलो खेलमा भुटानले गोलरहित बराबरीमा रोकेर आफूलाई प्रमाणित गरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ