हुण्डी कारोबारकाे आराेपमा २ जना समातिए
थप अनुसन्धान हुदै
काठमाडौं, हुण्डी कारोबार गरेकाे अभियोगमा काठमाडाैमा २ जना समातिएका छन् ।
नगद २४ लाख २१ हजार रुपैयाँ सहित शनिबार बिहान प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारत मोतियारी घर भइ हाल ललितपुर सानेपा बस्ने रुपेश कुमार गुप्ता र काठमाडौं नयाँबानेश्वर बस्ने सागर श्रेष्ठ छन् । उक्त रकममध्ये गुप्ताको साथबाट ६ लाख २१ हजार रुपैयाँ र श्रेष्ठको साथबाट १८ लाख रुपैयाँ बरामद भएको हो ।
उक्त स्थानमा हुण्डी कारोवार गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले हुण्डी कारोवारमा संलग्न उनीहरुलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया