भारतीय अभिनेता अमिताभ र अभिषेक बचनमा कोरोना पुष्टि

भारतीय अभिनेता अमिताभ बचनलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । बीबीसी हिन्दीका अनुसार अमिताभ वचन आफैले ट्वीट गर्दै आफू संक्रमित भएको खुलासा गरेका हुन् ।
उनले ट्वीटमा आफूमा कोरोना संक्रमण पोजेटिभ देखिएकाले अस्पतालमा भर्ना भएको बताएका छन् । उनले आफ्ना नजिककाको क्यान्ट्याक टे«स्ट भएपनि रिजल्ट आउन बाँकी रहेको बताएका छन् ।
त्यस्तै, उनका छोरो अभिषेक बचनले पनि केही बेरमा ट्वीट गरी आफूपनि संक्रमित भएको बताएका छन् । दुबैजनालाई मुम्बइको नानाभिटा अस्पतालमा राखिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
तपाईको प्रतिक्रिया