Thursday, 19 September 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाको डार्बिनमा कारको ठक्करबाट नेपाली युवकको निधन

अष्ट्रेलियाको डार्बिनमा कारको ठक्करबाट नेपाली युवकको निधन


डार्बिन/अष्ट्रेलियाको नर्दन टेरिटोरी राज्यमा कारको ठक्करबाट एक नेपाली युवकको ज्यान गएको छ । मोटरसाइकलमा सवार २२ वर्षिय युवकलाई डार्बिनबाट ४० किलोमिटर पर नोनाम टेभनस्थित स्ट्राउट राजमार्गमा कारले ठक्कर दिएको थियो । गम्भिर चोट लागेको युवकको केही समयपछि नै निधन भएको हो । उनलाई ७४ वर्षिय पुरुष चालकले गुडाएको कारले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

नर्दन टेरिटोरी प्रहरीका अनुसार कार चालकले मदिरा र लागु औषध सेवन गरेको भेटिएन । प्रहरीले घटना सम्बन्धी अनुसन्धान गरिरहेको छ । यसबिच सडक दुर्घटनामा मृत्यु हुने नेपाली युवकको परिचय समिर मानन्धर रहेको गैर आवासिय नेपाली संघ नर्दन टेरिटोरीले जनाएको छ । नर्दन टेरिटोरीका संयोजक विष्णु चापागाइका अनुसार मानन्धर गत वर्ष मात्रै मेलवर्नबाट डार्बिन बसाइ सरेका थिए । टिआर भिषामा रहेका मानन्धर साथीसंग दुइ छुट्टा छुट्टै मोटरसाइकलमा घुम्न गएका बेला दुर्घटनामा परेका चापागाइले जानकारी दिनुभयो । चितवनस्थित मानन्धरको परिवारसंग सम्पर्क भएको र उनीहरुकै अनुमति अनुसार शव नेपाल पठाउनका लागि नेपलिज एशोसियसन अफ नर्दन टेरिटोरी नान्ट र एनआरएनए नर्दन टेरिटोरी मिलेर सहयोग संकलन सुरु गरिएको छ । हालसम्म १० हजार डलर संकलन भइसकेको चापागाइले जानकारी दिनुभयो । २५ हजार डलर उठाउने लक्ष्य राखिएको छ । सहयोगका लागि निम्न बैंक खातामा रकम पठाउन सक्नुहुन्छ 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ