
अनुमतिबिनै सञ्चालन भएको साउदी सिप प्रमाणीकरण केन्द्रमा सरकारको तालाबन्दी
सरकारको अनुमति नलिई साउदी रोजगारीका लागि सिप प्रमाणीकरण (एसभीपी) कार्यक्रम सञ्चालन गरेको भन्दै काठमाडौंको बसुन्धरास्थित केन्द्रमा सरकारले तालाबन्दी गरेको छ। श्रम मन्त्रालयको संयुक्त टोलीले अनुगमनका क्रममा साउदी जान लागेका श्रमिकबाट ५० अमेरिकी डलर उठाएर सिप परीक्षण र प्रमाणपत्र वितरण भइरहेको भेटिएको थियो। श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग, सीटीईभीटी र शिक्षा मन्त्रालयको टोलीले केन्द्रले तोकिएको सर्तविपरीत […]







































