नयाँ सरकारसँग सहकार्य गर्ने भारतीय प्रधानमन्त्रीको प्रतिबद्धता
निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा दिए बधाई
निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा दिए बधाई
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा नेपाल सरकार र नेपाली जनतालाई बधाई दिनुभएको छ।
सामाजिक सञ्जालमार्फत उहाँले नेपाली नागरिकहरूले उत्साहका साथ आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गरेको र यो अवसर लोकतान्त्रिक यात्राको महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । छिमेकी र घनिष्ठ मित्र राष्ट्रका रूपमा भारतले नेपालका जनता र नयाँ सरकारसँग शान्ति, प्रगति र समृद्धिका लागि सहकार्य गर्ने उहाँले बताउनुभएको छ ।
नेपाल- भारत सम्बन्ध र सहकार्य अझ प्रगाढ बनाउँदै अघि बढ्ने प्रतिबद्धता भारतीय प्रधानमन्त्री मोदीको रहेको छ ।
















तपाईको प्रतिक्रिया