सम्झनामा जेन जि आन्दोलन : सातदोबाटोमा बन्दैछ जेन जि शहीद स्मारक पार्क
काठमाडौं । भाद्र २३ र २४ गते भएको जेन जि आन्दोलनमा ज्यान गुमाए ४५ जना शहीदहरू मध्य ४२ जनाको शालिक सहित अन्तर्राष्ट्रिय खेलकुद परिसर, सातदोबाटोमा जेन जि शहीद स्मारक पार्क निर्माण भइरहेको छ ।

तत्कालीन युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अध्यक्षतामा बसेको राष्ट्रिय खेलकुद परिषद्को १२४ औं बोर्ड बैठकले पार्क निर्माणका लागि जग्गा उपलब्ध गराएसँगै जेन जि पार्क निर्माणले गति लिएको हो । ऐतिहासिक र मौलिक ढाँचामा निर्माण गरिएको स्मारक पार्कले जेन–जी आन्दोलनका शहीदहरूको योगदानलाई दीर्घकालसम्म जीवित राख्ने विश्वास गरिएको छ ।

आन्दोलनमा जिवन गुमाउनेहरुको शालिकसँगै उनीहरुले देशमा परिवर्तनका लागि गरेको योगदानको स्मरण समेत स्मारक पार्कबाट गराइनेगरि संरचना निर्माण भइरहेको खेलकुद परिषदले जनाएको छ । Photo-NPL

















तपाईको प्रतिक्रिया