काठमाडौं । नेकपा एमालेले समानुपातिक सांसदका लागि १६ जनाको सूची निर्वाचन आयोगमा बुझाएको छ।
एमाले पार्टीले महिलादेखि मधेसी, दलित, मुस्लिम र जनजातिसम्मको क्लस्टर मिलाएर १६ जनाको नाम आयोगमा बुझाएको हो । एमालेले भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ, रामबहादुर थापा ‘बादल’, कुलभक्त शाक्य, पद्मा अर्याल, टुकाभद्रा हमाल, एशुदा कुमारी बराल, गुरुप्रसाद बराल, पुष्पराज कँडेल, कृपाराम राना, विष्णुमाया विक, नीता घतानी, रिङ्ला यादव, यशोधा कुमारी यादव, चन्द्रेश्वर मण्डल र साजिदा सिद्धिकीलाई समानुपातिक सांसद बनाउन सिफारिस गरेको छ ।
















तपाईको प्रतिक्रिया