उपसभापति शर्माको अध्यक्षतामा कांग्रेस केन्द्रीय बैठक, गगन थापा अनुपस्थित
काठमाडौं- ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक उपसभापति विश्वप्रकाश शर्मा को अध्यक्षतामा सुरु भएको छ।

सभापति गगन थापाले राजीनामा दिएको कारण बैठकमा मुख्य रूपमा सभापतिको राजीनामा र फागुन २१ को प्रतिनिधि सभा निर्वाचनको समीक्षा छलफल भएको छ। पार्टी महामन्त्री गुरुराज घिमिरे का अनुसार बैठक आज वा भोलि सक्ने सम्भावना छ र निर्णयपछि आगामी महाधिवेशनको मिति घोषणा गरिनेछ। गगन थापा उपस्थित नभए पनि उहाँको प्रस्ताव उपसभापति शर्मा अघि बढाइरहनु भएको छ। Photo-NPL
















तपाईको प्रतिक्रिया