Saturday, 6 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsअष्ट्रेलियामा बन्ने भयो कोरोना भाइरसको खोप । केही दिनमा जनावरमा परिक्षण गरिने

अष्ट्रेलियामा बन्ने भयो कोरोना भाइरसको खोप । केही दिनमा जनावरमा परिक्षण गरिने


ब्रिजवेन/ विश्वलाई आ’तंकित पारिरहेको कोरोना भाइरसको खोप निमार्णमा अष्ट्रेलियाले सफलता पाउनै लागेको छ ।
ब्रिजवेनको युनिभर्सिटी अफ कुइन्सल्याण्डका वैज्ञानिकहरुले खोपको परिक्षण केही दिन मात्रै टाढा रहेको बताएका छन् ।
स्थानिय एबिसीको अनलाईन संस्करणका अनुसार केमेष्ट्रि विभागका प्रमुख पल योङ र उनका अन्य २० जना वैज्ञानिक सहकर्मीहरु भाइरस देखिएसंगै यसको खोप विकास गर्न दिनरात खटिरहेका छन् ।
कोभिड १९ नाम दिइएको यो अत्यन्त नयाँ प्रजातिको भाइरसविरुद्ध खोप विकास गर्ने परियोजनामा विश्वविद्यालयलाई कोओलिसन एपिडेमिक प्रिपेरडनेस इनोभोसन (सिपी) ले आर्थिक सहयोग गरेको छ । विश्वविद्यालयले आगामी हप्ता खोपलाई जनावरमा परिक्षण गर्ने तयारी गरेको छ । यदि यो सफल भएमा कुइन्सल्याण्ड विश्वविद्यालय नै कोरोना भाइरसविरुद्धको खोप विकास गर्नेमा पहिलो हुनेछ ।
कोरोना भाइरस Photo-ABC
वैज्ञानिक पलका अनुसार यस खोपका पनि विभिन्न प्रकारका अभयवहरु हुनेछन् जसले कोरोना भाइरसको प्रकृति अनुसार काम गर्नेछन् । उनले यो खोप बनाउने प्रतिष्प्रधा नभएर नयाँ खाले कोरोना भाइरस विरुद्धको लडाइ भएको बताए । यो टिमले कोरोना भाइरस विरुद्ध लड्न १ सय प्रकार प्रोटिनयुक्त तत्व निमार्ण गरेको छ । अर्को साता जनावरमा प्रयोग गरेर सफल भएमा तीन महिनापछि मानिसमा पनि प्रयोग गरिने विश्वविद्यालयको तयारी छ । खोप विकास भएपछि पनि तत्कालै यो मानव शरिरका लागि भने उपलब्ध हुनेछैन । कुनै पनि खोपको विकास भएर प्रयोग आउन कानुनी प्रकृया र अनुमतिका लागि वर्षौ पनि लाग्न सक्छ । तर, कोरोना भाइरसको खोप भने १२ देखि १८ महिनाभित्रमा प्रयोग ल्याउने तयारी छ ।
कोरोना भाइरसले हालसम्म ७८ हजार मानिस संक्रमित भइसकेका छन् भने २३ सय ५९ जनाले ज्यान गुमा’इसकेका छन् ।

Photo – supplied by University of Queensland and taken from ABC news



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ