अष्ट्रेलियामा नेपाल आईज् डटकम डट एयू नामक नेपाली अनलाइन संचालनमा
ब्रिजबेन । नेपाल आईज् मल्टिकल्चरल मिडिया अस्ट्रेलियाद्वारा संचालित नेपाल आईज् डटकम डट एयू आजबाट संचालनमा आएको छ । नेपाली भाषी समुदायमा आधारित समाचारमुलक अनलाईन पोर्टलका रुपमा नेपाली भाषा र समुदायसंग सम्बन्धित जानकारी प्रदान गर्ने उद्देश्यले यो अनलाइन पोर्टल सञ्चालनमा ल्याईएको नेपाल आईज् मल्टिकल्चरल मिडिया अष्ट्रेलियाका सिईओ छत्र शंकरले जानकारी दिनुभएको हो ।
अष्ट्रेलियाभित्र नेपालीजनको अर्को ठूलो नेपाल रहेको दाबी गर्दै सिईओ शंकरले शक्ति, सत्ता र सुकिला मानिसको खबरलाई प्राणवायु ठान्ने प्रवृत्ति र सँस्कृतिबाट निरपेक्ष रहने बताउनुभयो । शंकरले भन्नुभएको छ, “संसारमा सबैले बुझ्ने भाषा भनेको हाँसो हो । हाम्रो चाहना आँसु कम, हाँसोको कथा बढी लेख्न पाइयोस् । सबै राज्य भित्रका नेपालीको जीवन भोगाइका पाटा हाम्रो प्रस्तुतिका केन्द्रभागमा रहनेछन् ।”
अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थी तथा नेपाली आप्रवासी मुख्य दर्शक, पाठक र स्रोता भएको दाबी सहित अस्ट्रेलियाको संस्कृति, शिक्षा, आप्रवासनसम्बन्धी विषय निरन्तर उठाउने भनिएको छ । अस्ट्रेलियामा भिडियो र पोडकास्ट सामग्री मार्फत सूचनाको राजमार्ग निर्माण गर्ने जिकिर नेपाल आइज मल्टिकल्चरल मिडिया अस्ट्रेलियाका सिईओ शंकरले गर्नुभएको छ ।
तपाईको प्रतिक्रिया