NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

न्यु साउथ वेल्स राज्यका बहु सांस्कृतिक समुदायलाई २८ मिलियन डलर बजेट !

nepaltube

ब्रिजबेन, काठमाडौं । अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यले विभिन्न बहु सांस्कृतिक समुदायलाई २८ मिलियन डलर सहयोग उपलब्ध गराउने भएको छ । विभिन्न भाषाका सेवाहरूमा सहयोग गर्न, सामुदायिक सांस्कृतिक कार्यक्रमहरू र चाडपर्वहरूलाई प्रोत्साहन गर्न, बहु सांस्कृतिक र विभिन्न आस्था बोकेका समुदायहरूसँगको संलग्नता बढाउन भन्दै यति ठूलो बजेट निकासा गर्न लागिएको हो ।

प्रिमियर डोमिनिक पेरोटेटले बहु–वर्षीय कोषबाट विभिन्न समुदायहरूका साझा संस्कृति (मूल्यमान्यताहरू) को विकास विस्तार र जगेर्नाका लागि एकसाथ सहयोग पुर्‍याउने उद्देश्यले बजेट ल्याउन लागिएको जानकारि दिनुभयो । बजेटको २८ मिलियन डलरको प्याकेजमा १ करोड ६० लाख सरकारी र सामुदायिक सन्देशहरूलाई उल्था गर्ने सेवाहरू विस्तार गर्न, १ करोड विभिन्न महोत्सवहरू र सांस्कृतिक कार्यक्रमहरूका लागि र २० लाख समुदाय र धार्मिक संलग्नताका लागि छुट्टाइएको बताइएको छ।

धार्मिक समुदायहरूको सल्लाहकार परिषद् धार्मिक कम्युनिटी एड्भाइजरी काउन्सिलको स्थापनाका लागि समेत बजेट राखिएको बताइएको छ । बहु सांस्कृतिक समूदायका लागि सरकारले प्रदान गर्ने यो नै अहिलेसम्मकै ठूलो बजेट हो । सरकारको बलियो आर्थिक व्यवस्थापनको कारणले मात्र यो बजेट व्यवस्थापन सम्भव भएको बताइएको छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार