सिड्नीमा भीषण वर्षासँगै बाढी, एक जनाको मृत्यु हुँदा हजारौँ प्रभावित !
ब्रिजबेन । अष्ट्रेलियाको सबैभन्दा ठूलो सहर सिड्नीमा भीषण वर्षासँगै आएको बाढीका कारण एक जनाको मृत्यु भएको छ। बाढीपछि सरकारले हजारौँ मानिसहरूलाई आफ्नो घर खाली गर्न अपिल गरेको छ ।
सडक भत्किएका छन् भने पश्चिमी सिड्नीमा मात्रै सरकारले १८ वटा निकासी आदेश जारि गरेको छ । ‘यो जीवनलाई जोखिममा पार्ने आपतकालीन अवस्था हो’, न्यु साउथ वेल्स राज्यका आपतकालीन सेवामन्त्री स्टेफनी कुकले भन्नुभएको छ । यही बाढी प्रभावित क्षेत्रमा मार्चमा अचानक बाढी आउँदा २० जनाले ज्यान गुमाएका थिए । ‘हामी अहिले अचानक बाढी, नदीको बाढी र तटीय कटान जस्ता धेरै मोर्चामा खतरा सामना गरिरहेका छौँ’, कुकले भन्नुभएको छ ।
मौसम विज्ञान ब्यूरोले ३५० एमएम सम्मको वर्षाले केही क्षेत्रहरूमा असर गरेको र नेपियन नदीमा बाढीको जोखिम उच्च रहेको भन्दै सतर्क गराएको छ । सिड्नीको मुख्य बाँध भत्किन थालेको भन्दै अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन्। अझपनि वर्षाद जारी रहेको र बाढी अनि कटानको जोखिम कायमै रहेको भन्दै तटिय क्षेत्रबाट उचाईको सुरक्षित स्थानमा जान स्थानीयलाई भनिएको छ ।
तपाईको प्रतिक्रिया