Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअनेसास (तास्मनिया च्याप्टर ) ले पायो पन्थीको अध्यक्षतामा नयाँ कार्यसमिति !

अनेसास (तास्मनिया च्याप्टर ) ले पायो पन्थीको अध्यक्षतामा नयाँ कार्यसमिति !

खरेलको पहिलो उपन्यास 'फेरिएको माया' बजारमा


ब्रिजबेन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ( तास्मनिया च्याप्टर ) ले प्रकाश पंथीको अध्यक्षतामा नयाँ कार्यसमिति पाएको छ । मल्टी कल्चलर सेन्टर, होबर्टमा गत शनिबार सम्पन्न अधिवेशनले पंन्थीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) गैह्र राजनीतिक, धर्मनिरपेक्ष, गैह्र नाफामूखी रहेर साहित्यिक तथा शैक्षिक क्षेत्रमा सेवाभावले काम गर्ने संस्थाका रुपमा परिचित छ । अनेसास विश्वभरि छरिएर रहेका नेपाली मूलका कवि, लेखक, कलाकार, शिक्षक तथा स्वयंसेवीहरूको संयुक्त संस्थाका रुपमा विश्वव्यापी बन्दैआएको छ । नेपाली साहित्य र संस्कृतिको प्रवद्र्धनमा यो संस्था र सदस्यहरु क्रियाशिल रहदैआएका छन् ।

अधिवेशनको अवसर पारेर उपन्यासकार सुबिन खरेलको पहिलो उपन्यास ‘फेरिएको माया’ को विमोचन गरिएको थियो । किशोर अवस्थामा हुने प्रेम र त्यसले जीवनमा ल्याउने प्रभावका सम्बन्धमा लेखिएको उपन्यासले नयाँ पुस्ताको अवस्थालाई चित्रण गरेको छ । अस्ट्रेलियाको होबर्टमा बसोबास गर्दैआउनुएका खरेलले स्थानीय पत्र पत्रिका, मेगजिन, अनलाईन मिडियामा लेख तथा रचनाहरु समेत लेख्दैआउनुभएको छ । आफ्नै ब्लकहरु शब्द डायरीमा पस्कदै आउनुभएको छ ।

अनेसास तासमानिया च्याप्टरको नयाँ कार्यसमिति यस्तो छ :
अध्यक्ष : प्रकाश पंथी
उपाध्यक्ष : गायत्रि पाण्डेय
सचिव : सुरेन्द्र खरेल (सुबिन)
कोषाध्यक्ष : सरोज तामाङ
सदस्यहरू : तोयाराज भट्टराई, बिजय भट्टराई, अस्मिका श्रेष्ठ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ