NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

सिड्नीको वेश्यालयमा एक वृद्धको निधन, अनुसन्धान जारी !

nepaltube

ब्रिजबेन । सिड्नीमा सञ्चालित वेश्यालयमा एक वृद्ध पुरुष मृत अवस्थामा फेला परेका छन् । आइतवार साँझ जर्ज स्ट्रीट, हर्नस्बीमा रहेको “वयस्क प्रतिष्ठान” मा आपत्कालिन सेवाका लागि बोलाइएपछि पुगेको प्रहरीले ७० वर्षीय पुरुषलाई मृत अवस्थामा फेला पारेको हो ।

आपतकालिन सेवाका लागि बोलाइएसँगै एनएसडब्लु प्रहरी अधिकारीहरु घटनास्थलमा पुगेका थिए । मृत अवस्थामा फेला परेका व्यक्तीसँगै घटनास्थल र घटना बारे अनुसन्धान अघि बढाइएको एनएसडब्लु प्रहरीले जनाएको छ । अपराध स्थलका रुपमा नियन्त्रणमा लिइएको वेश्यालयलाई सुरक्षा घेराबन्दीमा राखेर फोरेन्सिक जाँचको काम अघि बढाइएको छ ।

घटनाबारे विज्ञप्ती जारी गरेर अनुसन्धान गरिरहेको प्रहरीले थप तथ्य भने सार्वजनिक गरेको छैन । सिड्नीमा व्यवस्थित रुपमा दर्ता गरेर वेश्यालय संचालन गर्न पाईने नियम छ । यहि नियमका आधारमा कतिपय स्थानमा मापदण्ड अनुसार यस्ता देह व्यापार हुने अखडाहरु सञ्चालित छन् ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार