NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

अष्ट्रेलियाले जित्यो भारतसँगको एकदिवसीय क्रिकेट शृङ्खलाको उपाधि

nepaltube

काठमाडौं । घरेलु टोली भारतसँगको एकदिवसीय शृङ्खलाको उपाधिमाथी अस्ट्रेलियाले कब्जा जमाएको छ । अस्ट्रेलियाले तेस्रो तथा अन्तिम खेलमा भारतलाई २१ रनले हराउँदै शृङ्खला २–१ ले जितेको हो ।

पहिलो खेलमा पाहुना टोली अस्ट्रेलिया ५ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भने अस्ट्रेलियाले १० विकेटको जित हात पार्यो । तेस्रो तथा निर्णायक खेलमा अस्ट्रेलियाले भारतलाई २ सय ७० रनको लक्ष्य दिएको थियो । भारत ४९ ओभर १ बलमा २ सय ४८ रनमा अलआउट भसँगै शृङ्खलाको उपाधि अस्ट्रेलियाले जितेको थियो । भारतका विराट कोहलीले सर्वाधिक ५४ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । अस्ट्रेलियाका एडम जाम्पाले ४ विकेट लिए । यस्तै एस्टन अगरले २ तथा मार्कस स्टोइनिस र सेन एबोटले एकरएक विकेट लिए ।

यसअघि चेन्नईमा टस जितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलिया ४९ ओभरमा २ सय ६९ रनमा अलआउट भएको थियो । अस्ट्रेलियाका मिचेल मार्शले सर्वाधिक ४७ रन बनाए । भारतका हार्दिक पान्ड्या र कुलदीप यादवले समान ३ विकेट लिए । मोहम्मद शिराज र अक्षर पटेलले दुईरदुई विकेट लिए ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार