NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

अष्ट्रेलियाको नर्दन टेरिटोरीमा ४ दिने पासपोर्ट नवीकरण क्याम्प हुने

Nepal Tube

काठमाडौं । क्यानबेरास्थित नेपाली दूतावासले २० मार्च देखि २३ मार्च सम्म नर्दन टेरिटोरीमा पासपोर्ट नवीकरण क्याम्प सञ्चालन गर्ने भएको छ ।

अस्ट्रेलियास्थित एनआरएनए नर्दन टेरिटोरिसँगको समन्वयमा हुने पासपोर्ट नवीकरण सिभिर MCNT हल, मलाक शपिङ सेन्टर, मलाकमा आयोजना हुने बताइएको छ । पहिले आउँनेले पहिले पाउने भएकाले पासपोर्ट नवीकरण गर्न चाहने हरूलाई छिटो बुकिङ गर्न भनिएको छ ।

अग्रिम बुकिङ बारे थप जानकारी र फारम भर्ने प्रक्रिया क्यानबेरा स्थित नेपाली दूतावासको वेबसाइटमा हेर्न सक्नुहुनेछ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार