NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

अष्ट्रेलियाको राजधानी कोरोना मुक्त, अर्को राज्य १० दिनदेखि संक्रमण शुन्य ।

छिट्टै सामान्य अवस्थामा फर्किने संकेत

Saral Gurung

साउथ अष्ट्रेलिया, विश्व अहिले कोरोनाको कहरसंग जुधिरहेको छ । साढे ३४ लाख मानिसलाइ यो भाईरस संक्रमण भएको छ । ठुला र बलिया राष्ट्र नै कोरोनाका अगाडी कमजोर बनिरहेका छन् । कोरोनाविरुद्धको लडाईमा अष्ट्रेलिया भने बलियो साबित भएको छ । पछिल्लो डेढ महिनामा अष्ट्रेलियाले कोरोनाविरुद्धको लडाईमा निकै प्रगति हासिल गरेको छ ।
६ हजार ७ सय ८३ जनालाई कोरोना संक्रमण भएकोमा ५ हजार ७ सय ८९ जना निको भईसकेका छन् । जम्मा ९३ जनाको ज्यान गएको छ । हाल २८ जना आईसियुमा र ७९ जना अस्पतालमा उपचार गराईरहेका छन् ।
६ लाख ११ हजारको परिक्षण गर्दा १.१ प्रतिशतमा मात्रै कोरोना देखिएको छ । अष्ट्रेलियाको राजधानी क्यानवेरा त कोरोना मुक्त नै भईसकेको छ ।

१० दिनदेखि संक्रमण शुन्य

साउथ अष्ट्रेलिया राज्यमा १० दिन देखि कोरोना संक्रमण शुन्य छ । शनिवार साउथ अष्ट्रेलियाले जारी गरेको विज्ञप्तीका अनुसार राज्यका ९८ प्रतिशत संक्रमित निको भईसकेका छन् ।
साउथ अष्ट्रेलियामा ४ सय ३८ जनालाई कोरोना लागेको थियो । हाल ७ जना मात्र निको हुन बाकी छ । ती मध्ये ३ जना मात्रै अस्पतालमा उपचार गराईरहेका छन्, उनीहरुको पनि अवस्था सामान्य छ ।
साउथ अष्ट्रेलियाले आफ्ना नागरिकलाई अझै पनि सतर्कता अपनाउन भने अनुरोध गरेको छ ।
साउथ अष्ट्रेलियाका स्वास्थ्य उपप्रमुख माईकल कुसेकले जारी प्रतिबन्ध लापरवाही गरिए कोरोनाको दोस्रो लहर आउन सक्ने भन्दै सबैलाई सचेत गराएका छन् ।अन्य प्रतिबन्धहरु खुकुलो गरिएपनि सामाजिक दुरी भने सबैले कायम गर्न भनिएको छ ।

साउथ अष्ट्रेलियामा ६० हजारको कोरोना परिक्षण गरिएको छ ।
सबै राज्यमा कोरोनाको संक्रमण दर यसरी नै घट्दै जाने हो भने निकट भविष्यमै अष्ट्रेलियाको जनजिवन सामान्य बन्ने छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार