NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

विदेशमा पढेका नर्सका पीडाबारे आप्राको ध्यानाकर्षण, परिक्षा बारे आयो यस्तो जवाफ

Nepaltube Australia

सरल गुरुङ /ब्रिजवेन
विदेशमा पढेका योग्य नर्सहरुले अष्ट्रेलियामा दर्ता गर्न पास गर्नुपर्ने परिक्षा ढिलाई भएको बारे द अष्ट्रेलियज हेल्थ प्राक्टिसनर रेगुलेटरी एजेन्सी आप्राको ध्यानाकर्षण भएको छ ।
यस विषयमा नेपालट्युबले राखेको जिज्ञासाको जवाफ दिदै आप्राले कोरोनाका कारण परिक्षामा ढिलाई भएको स्विकारेको छ । विदेशमा नर्सिङ पढेका योग्य नर्सहरुले अष्ट्रेलियामा दर्ता गर्नका लागि दिनुपर्ने अब्जेक्टिभ स्ट्रक्चरर्ड क्लिनिकल एक्ज्यामिनेसन ओएससिई परिक्षा कोरोना कहरमा पनि सुचारु गर्ने के योजना छ ? भनेर नेपालट्युबले सोधेको प्रश्नको उत्तरमा आप्राले भनेको छ –‘नर्सिङ तथा मिडवाइफरी बोर्ड एनएमबिएले संभव हुने बित्तिकै ओएससिई परिक्षा सुचारु गर्नेछ ।’  त्यस्तै हामीलाई प्राप्त इमेल जवाफमा अष्ट्रेलियाको शैक्षिक योग्यता नपुग्ने नर्सहरुले एनएमबिएले मान्यता दिएको कोर्स अध्ययन गर्न समेत सुझाव दिएको छ ।

आप्राले दिएको जवाफको इमेल अंश

त्यस्तै ओएससिई परिक्षाको मापदण्ड परिमार्जन गर्ने तथा अन्य कुनै माध्यमबाट दर्ता प्रकृया अघि बढाउने संभावना छ ? भन्ने प्रश्नको उत्तरमा आप्राले भनेको छ- ‘हामी कोरोनाको अवस्थालाई नजिकबाट नियाली रहेको छौ तथा आपतकालिन स्वास्थ्य सेवाको आवश्यकता परिपुर्ति गर्न तथा स्वास्थ्य सेवालाई सघाउनका लागि नियमनकारी प्रावधानहरु अगिंकार गर्दै आइएको छ ।’

यी दुइ प्रश्नको उत्तरबाट विदेशमा पढेका नर्सहरुको दर्ता प्रकृयाको ढिलाई बारे आप्रा जानकार रहेको तथा समय अनुकुल  स्वास्थ्य सेवाको माग अनुसार त्यस्ता नर्सहरुको दर्ता प्रकृयालाई परिमार्जन गर्दै जाने आप्राको तयारी रहेको बुझिन्छ ।

विदेशमा नर्सिङ पढेका योग्य नर्सहरुले अष्ट्रेलियामा दर्ता गर्न अब्जेक्टिभ स्ट्रक्चरर्ड क्लिनिकल एक्ज्यामिनेसन ओएससिई परिक्षा दिनुपर्छ । सन् २०२० मार्चबाट सुरु भएको यस्तो परिक्षा साउथ अष्ट्रेलियाको एडिलेडमा मात्रै उपलब्ध छ । कोरोनाका कारण त्यहि एक ठाउमा समेत परिक्षा पटक पटक स्थगित हुदै आएको छ । जसका कारणले एक हजार भन्दा बढी विदेशमा पढेका योग्य नर्सहरुले दर्ता प्रकृया अघि बढाउन सकेका छैनन् । विदेशमा पढेका योग्य नर्सहरुले दर्ता प्रकृयालाई नियमित सुचारु गर्न आप्राको ध्यानाकर्षण गराएका छन् । नेपाली नर्सहरुको नेतृत्वमा चेन्ज अर्ग वेवसाईटमा हस्ताक्षर पेटिसन संकलन सुरु भएको छ । कबिता कार्कीले सुरु गरेको पेटिसनमा सयौले हस्ताक्षर गरिसकेका छन् ।
विभिन्न देशमा नर्सिङ सकेर अष्ट्रेलियामा बसी दर्ता गर्न लागिपरेका ५ सयभन्दा बढी योग्य नर्सहरुले फेसबुकमा ग्रुप बनाएर आ आफ्नो समस्या पोखिरहेका छन् । उनीहरु मध्ये कोही मास्टर्स इन नर्सिङ पढिरहेका छन् भने कोही डिपेन्डेण्ट र टिआर भिषामा छन् । भिषा सकिन लाग्दा समेत दर्ता प्रकृया अघि नबढ्दा फेरी नर्सिङ विषय नै पढ्नुपर्ने अवस्था समेत सृजना हुन लागेको मनिताले गुनासो गर्नुभयो । ‘नेपालमै लाखै खर्च गरेर पढियो अष्ट्रेलियामा पनि फेरी पढ्नु परे खर्च कसरी जुटाउने होला’( मनिताले दुखेसो पोख्नुभयो । हस्ताक्षर संकलन मार्फत यो समुहले दर्ता परिक्षा नियमित गर्नुपर्ने, यदि नसके पहिले कै जस्ता आइरन कोर्स गर्ने व्यवस्था गरिदिनुपर्ने लगायत माग गरेका छन् ।

यो पनि पढ्नुहोस

समयमा परिक्षा नहुदा नेपालमा पढेका नर्सले अष्ट्रेलियामा दर्ता गर्न ढिलाई । सुरु भयो हस्ताक्षर संकलन « Nepal Tube Australia

 

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार