NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
International

बच्चा जन्माउन अमेरिका जानेहरूका लागि ट्रम्पको नयाँ झट्का

Nepaltube Australia

अमेरिका गएर बच्चा जन्माएर बच्चालाई अमेरिकी नागरिक बनाउने सोचमा हुनुहुन्छ भने अब त्यो सजिलो हुने छैन।

बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकतासम्बन्धी दुई वटा नयाँ कार्यकारी आदेश जारी गर्दै ‘बर्थ टुरिजम’ रोक्न थप कडा नीति अघि सारेका छन्।

नयाँ आदेशअनुसार अमेरिकामा कार्यरत विदेशी कूटनीतिज्ञका सन्तान अमेरिकामै जन्मिए पनि उनीहरूले स्वतः अमेरिकी नागरिकता पाउने छैनन्।

त्यसैगरी अमेरिकी सरकारले ‘आतंकवादी’ भनेर घोषणा गरेको व्यक्तिहरुको बच्चा जन्मियो भने पनि उनीहरुले अमेरिकी नागरिकता नपाउने भनेर भनेको छ।

ट्रम्प प्रशासनले बच्चा जन्माउनकै उद्देश्यले अमेरिका आउनेलाई पनि लक्षित गरेको छ।

यदि कुनै व्यक्ति बच्चा जन्माउनकै लागि अमेरिका आएको पुष्टि भएमा त्यस्ता व्यक्तिबाट जन्मिएका बच्चालाई नागरिकता नदिने व्यवस्था प्रस्ताव गरिएको छ।

साथै, अमेरिकी गृह सुरक्षा विभागलाई यस्तो उद्देश्य लिएर आउने व्यक्तिलाई भिसा नदिन आवश्यक नियम र मापदण्ड बनाउन निर्देशन दिएको छ।

यसअघि पनि ट्रम्पले विदेशी आमाबाबुबाट अमेरिकामा जन्मिएका बच्चाले स्वतः नागरिकता पाउने व्यवस्था हटाउने प्रयास गरेका थिए।

तर अमेरिकी सर्वोच्च अदालतले गत जुन ३० मा संविधानको १४औं संशोधनविपरीत हुने भन्दै उक्त आदेश खारेज गरेको थियो।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार