५ महिनादेखि अष्ट्रेलियामा नेपाली युवक वेपत्ता, खोजी दिन परिवारको आग्रह
परिवारमा छटपटी
ब्रिजेवन/ गत जनवरीदेखि एक नेपाली युवक अष्ट्रेलियाको सिड्नीबाट सम्पर्क बिहिन भएका छन् । ३० वर्षिय सौरभ घिमिरे नाम गरेका युवक सम्पर्कबिहिन भएको परिवारले नेपालट्युबलाई जानकारी दिएको छ ।
बुवा सिताराम घिमिरेले दिएको जानकारी अनुसार, सौरभ सन् २०१८ मा अष्ट्रेलियाको सिड्नी आएका थिए । कोभिडको बेलामा काम नभएको भन्दै सौरभले परिवारसंग पैसा माग्न थालेका थिए । आफुले दुइ तीन पटक पैसा पठाएको समेत बुवा सितारामले जानकारी दिनुभयो । समस्या परेको छ भने नेपाल फर्कनु टिकट पठाइदिन्छु भनेर सौरभलाई गत जनवरीमा सम्झाएको बुवा सितारामले बताउनुभयो । त्यसपछि सौरभले परिवारसंग सम्पर्क टुटाएको देखिन्छ ।
फेसबुकमा अकाउन्ट भएपनि परिवारका सदस्यले सम्पर्क गर्दा जवाफ नआएको तथा मोवाइलमा पनि कल नलागेको सौरभकी दिदि शिलाले जानकारी दिनुभयो । तर, सौरभले पछिल्लो पटक अप्रिल २५ मा कुजीविचको लोकेसन राखेर फेसबुकमा फोटो पोष्ट गरेका छन् । हामीलाई प्राप्त सौरभको मोवाइलमा कल गर्दा इनकमिङ कल बन्द गरिएको भन्ने सन्देश सुनिन्छ ।
महिनौदेखि छोरो सम्पर्क बिहिन भएपछि खोजी गरिदिन परिवारले नेपाली दुतावास क्यानबेरा गुहारेका छन् । दुतावास आफैले सुचना सार्वजनिक नगरेपनि, गैर आवासिय नेपाली संघ अष्ट्रेलियालाई सुचना सम्प्रेक्षण गरेर खोजी गरिदिन अनुरोध गरेको छ । एनआरएनए न्यु साउथ वेल्सका संयोजक देव गुरुङले अपिल सहितको मेसेस अष्ट्रेलियाका नेपालीहरुको फेसबुक र भाइवर ग्रुपमा पोष्ट गर्नुभएको छ ।
परिवारले इन्टरपोलमा समेत छोराको खोजी गरिदिन निवेदन दिने तयारी गरेको सितारामले जानकारी दिनुभयो । त्यस्तै सबै मिलेर छोरा खोजीदिन समेत सितारामले आग्रह गर्नुभएको छ ।
छोरा सम्पर्क बिहिन भएपछि सौरभीकी आमा रातभरी सुत्नै नसकेर छटपटाउन थालेको सितारामले बताउनुभयो । बुढेसकालको साहारा एक्लो छोरा सौरभलाई जहा भएपनि सम्पर्कमा आउन सितारामले अनुरोध गर्नुभएको छ ।
तपाईको प्रतिक्रिया