Tuesday, 2 July 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअब ओली सरकार, यस्तो भयो काँग्रेस- एमाले सहमति !

अब ओली सरकार, यस्तो भयो काँग्रेस- एमाले सहमति !


काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमाले नयाँ सत्ता समिकरणका लागि सहमत बनेका छन् । काङ्ग्रेस र एमालेका दोस्रो तहका नेताको सहमति मस्यौदा अनुसार दुई वर्ष एमाले अध्यक्ष ओली र बांकी अवधि कांग्रेस सभापति देउवाले सत्ता नेतृत्व गर्ने, प्रदेशमा ३/३ वटा भागबन्डा गर्ने र पूर्वप्रधानन्याधीशको अध्यक्षतामा संविधान संशोधन सुझाव समिति बनाउन अध्यक्ष ओली र सभापति देउवा सहमत भएका हुन ।

यस्ता छन देउवा – ओली मुख्य सहमती
– नेपाली काँग्रेसकाे समर्थनमा केपि ओलि प्रधानमन्त्री !
– पहिलो चरण एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार र दोस्रो चरण देउवा प्रधानमन्त्री !
– अर्थसहितका ९ मन्त्रालय एमालेले गृहसहितका १० मन्त्रालय नेपाली कांग्रेसले पाउने !
– प्रदेश सरकारमा एमालेले (कोशी,लुम्बिनी, कर्णाली) र कांग्रेसले (बाग्मती,गण्डकी र सुदुरपश्चिम ) सरकारको नेतृत्व गर्ने ।
-मधेस प्रदेश उपेन्द्र वा सिके नेतृत्वको दललाई !
-संविधान पुनरावलोकन गर्न पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा संविधान संशोधन सुझाव समिति बनाइने !
– समानुपातिक प्रतिनिधित्वका आधारमा चुनिएर आउने सांसदलाई राष्ट्रिय सभा लैजाने, उपराष्ट्रपती सभाको अध्यक्ष !
– प्रतिनिधिसभा र राष्ट्यि सभा दुवैको सिट संख्या पुनर्विचार गर्नेबारे सहमति, पालिकाको संख्या ७५३ बाट घटाएर वडाको संख्या वृद्धि गर्न संविधान संशोधन प्रस्तावमा सहमति खोजिने !
– प्रदेश सभामा समानुपातिक तर्फको प्रावधान हटाएर प्रत्यक्ष निर्वाचितमात्रै राख्ने विकल्पबारे छलफल,सहमति हुन बाँकी !

प्रारम्भिक सहमतिको यो खाकामा काँग्रेस सभापति देउवा र एमाले अध्यले ओलीले हस्ताक्षर गरेपछि नयाँ सरकार गठन प्रक्रिया अघि बढ्ने निश्चित । सहमतिलाई पूर्णता दिनुअघि सरकार गठनबारे राष्ट्रपति रामचन्द्र पौडेलसँग समेत दुई दलका नेताहरुले परामर्श लिएका छन् ।

सत्ता नेतृत्व गरिरहेको माओवादी केन्द्रको प्रतिक्रिया यस्तो :
सत्ता समीकरण बदलिने निश्चित भएपछि अर्थमन्त्री समेत रहनुभएका नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले एमाले अध्यक्ष केपी शर्मा ओलीले द्वेध चरित्र देखाएको आरोप लगाउनुभएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन पक्राउ परेपछि शिर्ष नेता समेत जाकिने भयले कांग्रेस ‘बेचैन’ बनेको अवस्थामा ओलीले दोहोरो चरित्र देखाएको पुनले बताउनुभयो । माओवादी केन्द्र कांग्रेस- एमाले सत्ता सहकार्यमा अघि बढे प्रतिपक्षी बेञ्चमा बसेर खरो प्रतिपक्ष बन्न तयार रहेको जानकारी पुनले दिनुभयो । उहाँले बाहिर आएको हल्ला गलत भनेर सत्ता सहकार्य लामो हुन्छ भन्दै प्रधानमन्त्री प्रचण्डलाई आश्वस्त पार्ने अनि काँग्रेससंगको सहमतिमा जुट्नेगरि ओलीले दोहोरो चरित्र देखाएको पुनले बताउनुभयो । सुशासनको अभियानबाट डराएर भएको कांग्रेस- एमाले गठबन्धनले माओवादी केन्द्र बिचलित नभई खरो प्रतिपक्षीका रुपमा प्रस्तुत हुने पुनले बताउनुभयो ।

केही समयअघि प्रधानमन्त्री समेत रहनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुसँग जादूमयी नम्बर भएको भन्दै उस्तै परेर ५ वर्ष नै सत्तामा रहने बताउनुभएको थियो । यसपछि टीआरसी बिधेयकको छलफलमा एमाले अध्यक्ष ओलीसँग ठाकठुक परेपछि सम्बन्धमा चिसोपना आएको थियोे ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ