Monday, 21 October 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsरास्वपा सभापति रवि प्रधानमन्त्रीसँग आक्रोशित,आन्दोलनले पोखरा  अशान्त !

रास्वपा सभापति रवि प्रधानमन्त्रीसँग आक्रोशित,आन्दोलनले पोखरा  अशान्त !


पोखरा/काठमाडौं । सहकारी ठगी र संगठित अपराधको अभियोगमा पक्राउ पर्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न पहिलो चरणमा पोखरा जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ । यता, पूर्व गृहमन्त्री समेत रहनुभएका रास्वपा सभापति रविले प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार कांग्रेस नेताले राजनीतिक प्रतिशोध साधेको आरोप लगाउनुभएको छ ।

म्याद थपका लागि अदालत लगिदा सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिदै रास्वपा सभापती लामिछानेले राजनीतिक प्रतिशोधकै लागि झुठो मुद्दा लगाईएको र अदालतबाट न्याय मिल्ने बताउनुभयो । उहाँले ठूला भ्रष्टाचारि प्रधानमन्त्री ओली र सत्ता  साझेदार कांग्रेसका नेताहरु भएको आरोप लगाउदै सरकारविरुद्ध आन्दोलन गर्न सबै नागरिकलाई आह्वान समेत गर्नुभएको छ । प्रहरीले सहकारी ठगीसँगै संगठित रुपमा सहकारीको रकम अपचलन गरेको कसुरमा अनुसन्धान गरिरहेको छ । राष्ट्रिय स्वतन्त्र पाटीको सिंगो नेतृत्व पंक्ति,नेता, कार्यकर्ता र समर्थक राजनीतिक प्रतिशोधले फसाइएक‍ो दाबी गरिरहेेका छन् ।

प्रहरी हिरासतमा रहेका रास्वपा सभापति रवि, उपसभापति डीपी अर्यालसहितका नेताहरुले नै आन्दोलनका लागि उक्साहट गर्दै सरकारमाथि आक्रोश पोख्दा पोखरा अशान्त बनेको छ । आन्दोलाकारि आक्रोशसहित आक्रमणमै उत्रिदा प्रहरीले बल प्रयोग गर्नुपरेको छ । धक्कामुक्काको अवस्था बन्दा प्रहरीले आईतबा बल प्रयोग र पानीको फोहोरा हान्नु परेको थियो । शान्तिपूर्ण विरोध पर्दर्शनमा कांग्रेस,एमालेले घुसपैठ गरेर माहोल अशान्त बनाउन खोजेको आरोप रास्वपा नेताले लगाउन थालेका छन । थप जोखिम रोक्न, गैह्रापाटन, मलेपाटन लगायतका स्थानमा जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा नै जारी गरेको छ ।

पोखरासहित काठमाडौं, विरगञ्ज लगायतका सहरमा रास्वपा सभापति लामिछानेको समर्थन र सरकारको विरुद्ध प्रदर्शन भैरहेका छन् । सरकारले आन्दोलन र संभावित जोखिमलाई ध्यानमा राखेर सुरक्षा व्यवस्था कडा बनाएको छ । नागरिक नै रवि पक्राउ प्रकरण कानुन कार्यान्वयनको चरण वा राजनीतिक प्रतिशोध भन्नेमा विभाजित छन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ