Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसिड्नीमा यस कारण भद्रा वाइबा काउन्सिलर बन्ने संभावना बलियो

सिड्नीमा यस कारण भद्रा वाइबा काउन्सिलर बन्ने संभावना बलियो


सिड्नी/न्यु साउथ वेल्सको आसन्न स्थानिय निकायको चुनावमा नेपालीमुलकी नर्स भद्रा वाइबा काउन्सिलर निर्वाचित हुने संभावाना बलियो देखिएको छ । सिड्नीको क्यान्टवरी ब्याक्सटाउन सिटी काउन्सिलमा भद्रा काउन्सिलर हुने संभावना बलियो देखिनुका पछाडी केही निश्चित कारण र अवस्थाहरु छन् । नेपालट्युबको विश्लेषण अनुसार जित्ने अवस्थाहरु यस्ता छन् ।

१. क्यान्टवरी ब्याक्सटाउन सिटी काउन्सिलमा लेभर पार्टीको पकड

भद्रा वाइबा लेभर पार्टीको तर्फबाट चुनावी मैदानमा होमिनु भएको हो । क्यान्टवरी ब्याक्सटाउन काउन्सिलमा लेभर पार्टीको राम्रो पकड छ । यसअघिको स्थानिय निकायको चुनावमा लेभरले यस काउन्सिलको १४ सिट मध्ये मेयरसहित ९ सिटमा विजय हासिल गरेको थियो । खासगरी यस क्षेत्रमा बहुसांस्कृतिक समुदायको बाक्लो बस्ती रहेको तथा लेभरले तीनै समुदायको उमेद्वार उठाएका छन् । ३ लाख ६१ हजार मतदाता रहेको यस काउन्सिलमा लेभरले पहिले जत्तिकै भोट ल्याएपनि भद्रँको सिट सुरक्षित हुने देखिन्छ ।

२. दोस्रो नम्बरको उमेद्वार

यस काउन्सिलमा वार्ड अनुसार मतदान हुन्छ । मतदाताले आफ्नो वार्डको उमेद्वारलाई मात्र भोट हाल्छन् । भद्राको वार्ड रोजल्याण्डस् हो । यस वार्डमा लेभरका तीन उमेद्वार मध्ये भद्रा दोस्रँे नम्बरमा हुनुहुन्छ । भद्राको टिममा काल सालेह र मोहम्मद लुटफुल कबिर हुनुहुन्छ । तीन जनाको टिमको नेतृत्व भने १ नम्बर उमेद्वार काल सालेहले गरिरहनु भएको छ । न्यु साउथ वेल्सको स्थानिय निकायमा मतदाताले उमेद्वारलाई सिधै नभई पार्टीलाई भोट दिन्छन् । पार्टीले उक्त निर्वाचन क्षेत्रमा पाएको कुल मतदानको संख्याका आधारमा उमेद्वारहरु निर्वाचित हुन्छन् । पार्टीले उमेद्वारलाई दिएको नम्बरका आधारमा एक नम्बरको पहिला र दुइ नम्बरको उमेद्वार दोस्रोमा छनोट हुन्छन् । यस वार्डमा पहिले देखि नै लेभरको पकड भएकाले पार्टीले धेरै मत ल्याउने देखिन्छ । उक्त मतलाई विश्लेषण गर्दा तीन वटै सिट लेभरले जित्ने देखिन्छ । यस हिसाबले भद्रा रोजल्याण्डस् वडाबाट विजयी हुने संभावना बलियो छ ।

भद्राको टिम

३. पार्टी राजनीति र व्यक्तित्व

भद्रा लेभर पार्टीको पञ्चवल शाखाको सहसचिव पदमा समेत कार्यरत हुनुहुन्छ । सन् २०१३ मा पार्टी प्रवेश गरेदेखि नै भद्रामा दलभित्र बलियो उपस्थिती जनाउदै आउनुभएको छ । कोभिडका बेलामा त स्थानिय समुदायलाई सहयोग जुटाउन भद्राको सक्रियता प्रशंसा योग्य छ । भद्राका टिमको नेतृत्व गरिरहनुभएका उमेद्वार काल सालेह त भद्रा जस्तो व्यक्तित्वको धनी आफ्नो टिममा हुदा गर्व लागेको प्रतिक्रिया दिनुभएको छ । स्थानिय समुदायमा सेवा पु¥याएको भन्दै भद्रालाई न्यु साउथ वेल्स स्थानिय महिला वर्षको उपाधी दिइएको छ । भद्राले आफु विजयी भएमा सफा र सुरक्षित शहर निर्माणमा जोड दिने बताउनुभएको छ ।

को हनु भद्रा ?

भद्रा वाइबा पेशाले रजिष्टर्ड नर्स हुनुहुन्छ । नेपालको वीर अस्पताल र प्रसुती गृहमा झण्डै १८ वर्ष नर्सिङ सेवा गरेर सन् २००८ मा भद्रा अष्ट्रेलिया आउनुभएको हो । सिन्धुली स्थाई घर भएकी भद्राले महाराजगञ्ज नर्सिङ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको स्थापना गर्न निकै ठुलो योगदान दिनुभयो । सन् १९९१ मा प्रारम्भिक कमिटिको अध्यक्ष भएर भद्रा कै नेतृत्वमा महाराजगञ्ज नर्सिङ क्याम्पसमा स्ववियु स्थापना भएको थियो । खासगरी अनेरास्ववियुबाट विद्यार्थी राजनीति गर्नुभएका भद्रा कानुनमा बिबिएल गरेर अधिवक्ता समेत बन्नु भएको छ ।


ट्याग : #Australia, #bhadra waiba, #NSW election 2021
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ