NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

प्रधानमन्त्री मोरिसनद्धारा डिसेम्बर १५ बाट विदेशी विद्यार्थी अष्ट्रेलिया आउन पाउने पुष्टी

Nepaltube Australia

ब्रिजवेन/प्रधानमन्त्री स्कट मोरिसनले डिसेम्बर १५ तारिखपछि पुरा खोप लगाएका विदेशी विद्यार्थी अष्ट्रेलिया आउन पाउने घोषणा गर्नुभएको छ । आज दिउसो फेसबुकमा एक स्टाटस लेखेर प्रधानमन्त्री मोरिसनले विद्यार्थी, दक्ष कामदार र वर्किङ होलिडे भिषावालालाई आउन दिने बताउनुभएको हो ।

ओमिक्रोन देखिएपछि सरकारले यसअघि डिसेम्बर १ बाट आउने दिने भनेका यी २८ वटा भिषाधारीलाई १५ डिसेम्बरसम्म रोक लगाएको थियो । तर, अष्ट्रेलियामा दुबै खोप लगाउनेहरुको संख्या अत्याधिक रहेको तथा नया भेरियन्टको प्रभाव त्यत्ति चिन्ता जनक नदेखिएपछि सरकारले डिसेम्बर १५ बाट उक्त योजनालाई सुचारु गर्न लागेको हो ।

हाललाई न्यु साउथ वेल्स र भिक्टोरियाले मात्रै विद्यार्थीलाई प्रवेश दिने भएको छ । राज्य अनुसार पुरा खोप लगाएका यात्रुहरुले समेत केही दिन आइसोलेसनमा बस्नुपर्नेछ । यात्रा बारे सरकारको यो वेवसाइट भिजिट गर्नुहोला ।

डिसेम्बर १५ बाट आउन पाउने भिषाधारीहरुको सुची यस्तो छ ।

 

Subclass 200 – Refugee visa
Subclass 201 – In-country Special Humanitarian visa
Subclass 202 – Global Special Humanitarian visa
Subclass 203 – Emergency Rescue visa
Subclass 204 – Woman at Risk visa
Subclass 300 – Prospective Marriage visa
Subclass 400 – Temporary Work (Short Stay Specialist) visa
Subclass 403 – Temporary Work (International Relations) visa (other streams, including Australian Agriculture Visa stream)
Subclass 407 – Training visa
Subclass 408 – Temporary Activity visa
Subclass 417 – Working Holiday visa
Subclass 449 – Humanitarian Stay (Temporary) visa
Subclass 457 – Temporary Work (Skilled) visa
Subclass 461 – New Zealand Citizen Family Relationship visa
Subclass 462 – Work and Holiday visa
Subclass 476 – Skilled – Recognised Graduate visa
Subclass 482 – Temporary Skill Shortage visa
Subclass 485 – Temporary Graduate visa
Subclass 489 – Skilled – Regional (Provisional) visa
Subclass 491 – Skilled Work Regional (Provisional) visa
Subclass 494 – Skilled Employer Sponsored Regional (Provisional) visa
Subclass 500 – Student visa
Subclass 580 – Student Guardian visa (closed to new applicants)
Subclass 590 – Student Guardian visa
Subclass 785 – Temporary Protection visa
Subclass 790 – Safe Haven Enterprise visa
Subclass 870 – Sponsored Parent (Temporary) visa
Subclass 988 – Maritime Crew visa

Source- Department of home affairs

यो पनि पढ्नुहोस

डिसेम्बर १५ देखि विदेशी विद्यार्थी अष्ट्रेलिया आउन पाउने । यी राज्यले गर्दैछ स्वागत « Nepal Tube Australia

कसले भन्यो डिसेम्बर १५ पछि विद्यार्थी अष्ट्रेलिया आउन पाउदैन् भनेर ? हामीसंग सरकारले गर्यो पुष्टी « Nepal Tube Australia

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार