NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

नेपाल बसेर ठगी गर्ने दक्षिण कोरियाली नागरिक पक्राउ

nepaltube

काठमाडौं । दक्षिण कोरिया लैजान्छु भन्दै विभिन्न व्यक्तिहरूलाई ठगी गरेको आरोपमा एक जना कोरियन नागरिक पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले ७३ वर्षीय कोरियन नागरिकलाई पक्राउ गरेको हो ।

ब्यूरोका अनुसार जङले चाबहिलस्थित ओके कन्सल्टेन्सीको सञ्चालक हुँ भन्दै ठगी गरेको खुलेको छ । पैसा तिरेर पनि जङले कोरिया नपुर्‍याएपछि पीडितले उनिविरुद्ध ब्यूरोमा उजुरी गरेका थिए । ठगीमा संलग्नबारे थप अनुसन्धान भैरहेको प्रहरी बताएको छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार